मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पतिमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाए
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पतिमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाए

। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पतिमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले देखाएको इच्छाशक्तिको स्वागत गरे । भ्रष्टाचार गर्ने जुनसुकै दलको होस्, जुनसुकै पदमा रहेको होस् कानुनको दायरामा आउनुपर्ने उनले बताए ।

प्रधानमन्त्री बालेन लगायत सत्तापक्षका नेताले ३५ वर्षसम्म देशमा काम गर्ने वातावरण भएन भनिरहेको उनले स्मरण गरे । यहाँनेर उनले प्रधानमन्त्री बालेनले सार्वजनिक गरेको सम्पति विवरणको विषय उठाएका हुन् ।

‘प्रधानमन्त्रीजीको सम्पतिमा झण्डै दुई सय तोला सुन देखियो । अन्य मन्त्रिपरिषद्का सदस्यहरूको त्यस्तै धेरै देखियो । उहाँहरुको सम्पति विवरण सार्वजनिक भएको छ’ उनले भने ।

सम्पति किन आर्जन गर्नुभयो भनेर नसोध्ने उनले बताए । ‘यद्यपि नेपाली कांग्रेस किन सम्पति आर्जन गर्नुभयो, किन जम्मा गर्नुभयो यो सोध्नैन, खोज्दैन पनि । तर सुन आर्जनको स्रोत के हो ? यो जनताले जान्न पाउनुपर्छ ।’

सार्वजनिक जीवन यापन गर्ने कुर्न पनि पदाधिकारीले, कुनै पनि व्यक्तिले आफ्नो सम्पतिको स्रोत खुलाउनुपर्ने उनले बताए । यो सबैको निम्ति भएको भन्दै उनले थपे, ‘त्यो स्रोत के हो ? हामी सोध्छौं । यो सोध्ने विपक्षीको उत्तरदायीत्व पनि हो । हाम्रो जिम्मेवारी पनि हो ।’ यो जिम्मेवारी निर्वाह गरिरहने उनले बताए ।

आफूहरूको मूल चासो भ्रष्टाचार नियन्त्रण गर्नु रहेको उनले दोहोर्‍याए । साथै सरकारले सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्तिको सम्पति छानबिन गर्न बनाएको समितिको पनि स्मरण गरे ।

उनले भने, ‘सम्पतिको छानबिन सुरुवात म विपक्षी दलको नेता हो । मेरो नाम भीष्मराज आङदाम्बे हो । मै बाट सुरु गरौं । र प्रधानमन्त्रीजीबाट सुरु गरौं । हामीबाट सुरु गरौं । हाम्रो सम्पतिको छानबिनको सुरुवात हामीबाट सुरु होस् ।’

आफ्नो पाँचथरको भएको र पाँचथरमा सम्पति रहेको भनेर त्यसको पनि छानबिन गर्न आग्रह गरे । आङदाम्बेले अगाडि थपे, ‘र उहाँ (प्रधानमन्त्री)को पनि छानबिन होस् ।’

प्रधानमन्त्रीले आर्जन गरेको सम्पति अवैध भएको भन्ने आफूलाई नलागेको तर जनताले सोधेको उनले बताए । ‘जनताले सोधिरहनु भएको छ आम्मामा यति धेरै सुन (प्रधानमन्त्रीको) कहाँबाट आयो ? छक्क परिराख्नु भएको छ । सोधिराख्नुभएको छ त्यसको स्रोत के हो ?’

जनताले सोधेका यस्ता प्रश्नको जवाफ प्रधानमन्त्री बालेनले जनतालाई दिनुपर्ने विपक्षी दलका नेता आङदाम्बेको आग्रह छ । सम्पति छानबिनको सुरुवात आफूबाट आफू तयार भएको भन्दै उनले प्रधानमन्त्री बालेन तयार हो वा होइन भनेर प्रश्न गरे । आफूलाई कानुन भन्दा माथि राखेर अरुमाथि चयनात्मक रुपमा सम्पति छानबिन गर्न नहुने उनले आग्रह गरे ।

भ्रष्टाचारमाथिको छानबिन निश्पक्ष हुनुपर्ने र यस निम्ति प्रधानमन्त्री स्वयम तयार हुनुपर्ने उनको आग्रह छ । साथै, यो विषयमा आवश्यक कानुन समेत चाहिने उनले बताए । कानुनभन्दा बाहिर गएर सम्पति छानबिन हुन नहुने उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आफूमाथि दुर्व्यवहार गर्नेको भिडियो सार्वजनिक गर्ने महिलालाई गृहमन्त्री सुधन गुरुङले साहसी महिला भन्दै सम्मान दर्शाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले दुर्व्यवहारसम्बन्धी भिडियोप्रति गृहमन्त्रालयको ध्यानाकर्षण भएको र उक्त व्यक्तिलाई पक्राउ गरिसकिएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। ललितपुर जिल्ला ...
। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्कालै बजार भाउ घटाउन निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाउ घटाउन निर्देशन दिएकी हुन् । मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताइन् । बैठकमा नेपाल ...
। गत शनिबार बिहान काठमाडौंबाट विराटनगर विमानस्थल ओर्लिएका गृहमन्त्री सुधन गुरुङ मोरङ सुनसरीका जिल्लाका सम्या अनुगमन गर्दै पहाडी जिल्ला धनकुटासम्म उक्लिए । निरीक्षण, निर्देशन दिँदै आइतबार तराई नै झरेर उनी पूर्व झापातर्फ लागे । झापाका सीमा क्षेत्रसम्म पुगेका उनी सोमबार व्यस्त रहे । शनिबार, आइतबार र सोमबार तीन दिन कोशी प्रदेशका जिल्लाहरूमा घुमघाममा व्यस्त भएका गुरुङले त्यहाँ, ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहस हुनुलाई अन्यथा लिन नसकिने बताएका छन् । तर, संविधानका मुलभुत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिल्याउन नसकिने उनको आग्रह छ । ‘यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसावले जुन खालको कुराकानी भइराखेको छ । यसबारे हामीलाई जानकारी प्राप्त छ’ उनी भन्छन्, ‘संघीयता, समावेशी र धर्मनिरपेक्षता ...
। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ । विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर ...