मुख्य समाचार
पार्टीभित्रको पछिल्लो संवाद, सातबुँदे प्रस्ताव र केन्द्रीय कार्यसमितिमा समायोजनका विषयमा विस्तृत जानकारी
पार्टीभित्रको पछिल्लो संवाद, सातबुँदे प्रस्ताव र केन्द्रीय कार्यसमितिमा समायोजनका विषयमा विस्तृत जानकारी

। नेपाली कांग्रेसको इतर समूहका नेताहरूको बैठकमा नेता पूर्णबहादुर खड्काले पार्टीभित्रको पछिल्लो संवाद, सातबुँदे प्रस्ताव र केन्द्रीय कार्यसमितिमा समायोजनका विषयमा विस्तृत जानकारी गराएका छन्।

बैठकमा खड्काले आफूहरू अहिले डा. शेखर कोइरालासहित १११ जना रहेको र ती सबैलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न प्रस्ताव गरिएको बताएका छन्।

सातबुँदे प्रस्तावको लिखित जवाफ आफूले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाइसकेको पनि बताए । उक्त दिन सुरुमा शर्माले लिखित रूपमा दिन आग्रह गरेपछि आफूले ‘जसरी हामीलाई व्हाट्सएपमा पठाउनुभएको थियो, त्यसैगरी टाइप गर्नुस्’ भनेको र त्यसपछि टाइप गरिएको जवाफ पढेर सुनाएको उनले बताए।

‘उहाँले यही नै अन्तिम हो दाइ भन्नुभयो। मैले पनि हो भनेँ,’ खड्काले बैठकमा सुनाए ।

खड्काका अनुसार त्यसपछि विश्वप्रकाश शर्माले महामन्त्री गगन थापालाई सबै कुरा सुनाउने र आफूलाई पनि इतर समूहका नेताहरूलाई जानकारी गराउन आग्रह गरेका थिए। साथै गगन थापासँग प्रत्यक्ष छलफल गर्न पनि सुझाव दिएका थिए।

उनले बैठकमा गेटबाट बाहिरिने क्रममा विश्वप्रकाश शर्माले ‘हाम्रो एउटा सहमति भइसकेको छ, तपाईं र शेखर दाइलाई वरिष्ठ नेता बनाउने’ भनेको तर आफूले उक्त प्रस्ताव अस्वीकार गरेको बताए।

खड्काले त्यसपछि अर्को दिन बिहान ९ बजेसम्म कुनै औपचारिक जानकारी नआएको बताए। केही समयपछि महामन्त्री प्रदीप पौडेललाई उद्धृत गर्दै ‘शीर्ष नेताको सदस्यता स्वतः अद्यावधिक हुने’ भन्ने समाचार सार्वजनिक भएको उल्लेख गरे।

उनका अनुसार उक्त समाचार सार्वजनिक भएपछि देशभरबाट आफूलाई फोन आएको बताए। ‘आफ्नो सदस्यता अद्यावधिक हुने, हाम्रो नहुने भन्ने गुनासो आयो। त्यसपछि मैले सामाजिक सञ्जालमार्फत समाचारको खण्डन गरेँ र त्यसपछि फोन आउन बन्द भयो,’ उनले भने।

खड्काले त्यसपछि पनि विश्वप्रकाश शर्माले संवाद भइरहेका बेला संवाद नभएको भनिएको भन्दै आपत्ति जनाएको जानकारी दिए। त्यसलगत्तै ‘अनलाइनखबर’ मा स्रोतलाई उद्धृत गर्दै विश्वप्रकाश शर्माले पाँच जना नेतालाई सातबुँदे प्रस्ताव पठाएको समाचार प्रकाशित भएको उनले उल्लेख गरे।

‘यो मेरो स्पष्टीकरण होइन, बैठकलाई जानकारी गराएको मात्र हुँ,’ भन्दै खड्काले भने । यी सबै विषयमा विस्तृत छलफल गर्न बैठक बोलाइएको पनि बताए।

उनले अबदेखि ती विषयमा थप छलफल हुने र त्यसका लागि बढीमा दुई–तीन दिन लाग्न सक्ने जानकारी गराए। साथै उनले साउन ६ गते बीपी कोइराला जयन्ती विशेष कार्यक्रम आयोजना गरी मनाइने पनि बैठकमा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आफूमाथि दुर्व्यवहार गर्नेको भिडियो सार्वजनिक गर्ने महिलालाई गृहमन्त्री सुधन गुरुङले साहसी महिला भन्दै सम्मान दर्शाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले दुर्व्यवहारसम्बन्धी भिडियोप्रति गृहमन्त्रालयको ध्यानाकर्षण भएको र उक्त व्यक्तिलाई पक्राउ गरिसकिएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। ललितपुर जिल्ला ...
। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्कालै बजार भाउ घटाउन निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाउ घटाउन निर्देशन दिएकी हुन् । मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताइन् । बैठकमा नेपाल ...
। गत शनिबार बिहान काठमाडौंबाट विराटनगर विमानस्थल ओर्लिएका गृहमन्त्री सुधन गुरुङ मोरङ सुनसरीका जिल्लाका सम्या अनुगमन गर्दै पहाडी जिल्ला धनकुटासम्म उक्लिए । निरीक्षण, निर्देशन दिँदै आइतबार तराई नै झरेर उनी पूर्व झापातर्फ लागे । झापाका सीमा क्षेत्रसम्म पुगेका उनी सोमबार व्यस्त रहे । शनिबार, आइतबार र सोमबार तीन दिन कोशी प्रदेशका जिल्लाहरूमा घुमघाममा व्यस्त भएका गुरुङले त्यहाँ, ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहस हुनुलाई अन्यथा लिन नसकिने बताएका छन् । तर, संविधानका मुलभुत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिल्याउन नसकिने उनको आग्रह छ । ‘यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसावले जुन खालको कुराकानी भइराखेको छ । यसबारे हामीलाई जानकारी प्राप्त छ’ उनी भन्छन्, ‘संघीयता, समावेशी र धर्मनिरपेक्षता ...
। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ । विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर ...