: धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारबाट ७ किलो ४१० ग्राम लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्।
प्रहरी टोलीले सवारी साधन चेकजाँचका क्रममा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९८५ नम्बरको ईभी माइक्रोबसमा सवार गजुरी गाउँपालिका-६ गेदेका २० वर्षीय प्रमोद अधिकारीलाई गाँजासहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार अधिकारीले बोकेको झोलाको खानतलासी गर्दा पहेँलो प्लास्टिक टेपले बेरिएका सात वटा पोकाभित्र ७ किलो ४१० ग्राम गाँजा फेला परेको थियो।
पक्राउ परेका अधिकारीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार धादिङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।