मुख्य समाचार
वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै मौद्रिक नीतिमा आवश्यक सुधार र समायोजन गर्न पूर्व गभर्नर तथा सरोकारवालाहरूले सुझाव
वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै मौद्रिक नीतिमा आवश्यक सुधार र समायोजन गर्न पूर्व गभर्नर तथा सरोकारवालाहरूले सुझाव

: वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै मौद्रिक नीतिमा आवश्यक सुधार र समायोजन गर्न पूर्व गभर्नर तथा सरोकारवालाहरूले सुझाव दिएका छन्।

आइतबार प्रतिनिधि सभाको अन्तर्गतको अर्थ समितिको बैठकमा सहभागी पूर्व गभर्नरहरूले मौद्रिक नीतिलाई अधिक लचिलो र व्यावहारिक बनाउनुपर्नेमा जोड दिएका छन्। मूल्य स्थिरता कायम राख्दै आर्थिक वृद्धि र निजी क्षेत्रको लगानी विस्तारलाई सन्तुलनमा राख्ने नीति आवश्यक रहेको बताएका छन्।

उनीहरूले मौद्रिक नीतिलाई केवल नियन्त्रणमुखी नभई विकास–उन्मुख बनाउनुपर्नेमा जोड दिएका छन्। सरोकारवालाहरूले हाल बैंकिङ क्षेत्रमा देखिएको तरलता व्यवस्थापन, कर्जा प्रवाहमा आएको सुस्तता, तथा ब्याजदरको उतारचढावबारे ध्यान दिन समितिलाई आग्रह गरेका छन्। उनीहरूले उत्पादनशील क्षेत्रमा कर्जा सहज बनाउनुपर्ने र लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले मौद्रिक नीतिले अनुत्पादक क्षेत्रमा मात्र नभएर उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउने वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिएका छन्।

त्यसैगरी, केही सहभागीहरूले वित्तीय अनुशासन कायम राख्दै उद्यमशीलता र रोजगारी सिर्जनालाई प्रवर्द्धन गर्ने नीति आवश्यक रहेको बताएका छन्। समितिले उठाइएका सुझावलाई आगामी मौद्रिक नीति तथा सम्बन्धित निर्णय प्रक्रियामा समावेश गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य हुन नसक्ने बताएका छन्। सोमबार प्रतिनिधसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधन जस्तो गम्भीर विषयमा अहिलेसम्म गम्भीर र घनिभूत संवाद हुन नसकेको भन्दै संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि छेडखानी ...
: सांसद रमेश मल्लले फिफाले एन्फालाई निलम्बन गर्दा राष्ट्रको प्रतिष्ठामा गम्भीर धक्का पुगेको बताएका छन्। आज प्रतिनिधि सभामा बोल्दै उनले नेपालको फुटबलमाथि फिफाको निलम्बनबारे ध्यानाकर्षण गराएका हुन्। उनले यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपले गर्दा फिफाले निलम्बन गरेको दाबी गरे। ‘नेपालको फुटबलमाथि लागेको फिफाको निलम्बन केवल खेलकुदको विषय होइन, यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपको परिणाम ...
: नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्तामाथि हस्तक्षेप गरेको अराोप लगाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले सरकारको सय दिने कार्यकाल र शिक्षा क्षेत्रको समिक्षा सार्वजनिक गर्दै एकैपटक १५ वटा विश्वविद्यालय सम्बन्धी ऐन ल्याएर सरकारले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन गरेको आरोप लगाएको हो । शिक्षा सेवा आयोगको प्रतिवेदनमा ’बोर्ड अफ ट्रष्टी’ ...
: मोरङको ग्रामथान गाउँपालिकामा देवरले खुकुरी प्रहार गरेर आफ्नै भाउजूको हत्या गरेका छन्। सोमबार राति ग्रामथान–६ झोवावनीमा २० वर्षीया सीमा राजवंशीको हत्या भएको हो। मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार मृतक सीमा स्थानीय कपिल खवासकी पत्नी हुन्। प्रारम्भिक अनुसन्धानबाट २१ वर्षीय देवर सौचन राजवंशीले घाँटीमा खुकुरी प्रहार गरेर उनको हत्या गरेको खुलेको छ। प्रहरीका अनुसार ...
: राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले स्वास्थ्य सेवा योगदान गर्ने इन्टर्न चिकित्सकलाई समान कामका लागि समान पारिश्रमिक सुनिश्चित गर्न माग गरेकी छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नीतिगत कमजोरी र विद्यमान व्यवस्थाका कारण उदाउँदा चिकित्सकहरूको श्रमको निरन्तर शोषण भइरहेको उल्लेख गरेकी हुन्। चिकित्सकहरूको श्रमको निरन्तर शोषण हुँदा ठूलो संख्यामा दक्ष चिकित्सकहरू विदेश पलायन भइरहेको ...