मुख्य समाचार
अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनल प्रवेश
अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनल प्रवेश

: फिफा विश्वकप २०२६ मा सहआयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनल प्रवेश गरेको छ। सियाटल स्टेडियममा भएको खेलमा बेल्जियमले अमेरिकालाई ४-१ ले पराजित गरेको हो।

खेलको पहिलो हाफमा बेल्जियमले २-१ अग्रता लिएको थियो। दोस्रो हाफमा बेल्जियमले २ गोल थप्यो। बेल्जियमको लागि खेलको नवौं मिनेटमा चार्ल्स डे‌ केटेलैरेले निकोलस रस्किनको असिस्टमा गोल गरे।

खेलको ३१ औं मिनेटमा अमेरिकाको लागि मलिक तिलमेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। अमेरिकाले बराबरी गोल फर्काएको दोस्रो मिनेटमै बेल्जियमले पुनः अग्रता बनायो। बेल्जियमको लागिचार्ल्स डे‌ केटेलैरेले दोस्रो गोल गरे।

दोस्रो हाफमा बेल्जियमले तेस्रो गोल गर्यो। खेलको ५७ औं मिनेटमा हंस वनाकेनले गोलकिपरलाई बिट गर्दै गोल गरे।

निर्धारित ९० मिनेटमा थप गरिएको इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई ४-१ को अवस्थामा ल्याए र यही गोल नै अमेरिका विरुद्ध गरेको अन्तिम गोल भयो।

बेल्जियमसँग पराजित हुँदा घरेलु टोली अमेरिकाको भने विश्वकप यात्रा सकिएको छ। बेल्जियमले क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...