मुख्य समाचार
इरानी सञ्चारमाध्यमहरूका अनुसार अन्त्येष्टि कार्यक्रममा लाखौँको संख्यामा सर्वसाधारणको उपस्थिति
इरानी सञ्चारमाध्यमहरूका अनुसार अन्त्येष्टि कार्यक्रममा लाखौँको संख्यामा सर्वसाधारणको उपस्थिति

: इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्त्येष्टि समारोह तेहरानमा सुरु भएको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार अन्त्येष्टि कार्यक्रममा लाखौँको संख्यामा सर्वसाधारणको उपस्थिति रहेको छ। विभिन्न मिडिया आउटलेटहरूले सार्वजनिक गरेका तस्बिर र भिडियोहरूमा समारोहमा जनसागर उर्लिएको देखिन्छ। विशेष भीडभाडलाई मध्यनजर गर्दै राजधानी तेहरान र धार्मिक सहर कोममा विशेष ट्राफिक नियम र सुरक्षा व्यवस्था लागू गरिएको छ।

यसैबीच, आइतबार आयोजित मुख्य समारोहमा इरानी नेता तथा खामेनीका छोरा मोज्तबा खामेनी र परिवारका केही मुख्य सदस्यहरू अनुपस्थित रहेका छन्। उनको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिए पनि केही घण्टापछि नै मोज्तबाको तर्फबाट एउटा आधिकारिक सन्देश जारी गरिएको छ। उक्त सन्देशमा गुलामहुसेन मोहसेनी एजेईलाई पुनः इरानको न्यायपालिका प्रमुखको रूपमा जिम्मेवारी सुम्पिएको उल्लेख छ।

अमेरिकी र इजरायली सैन्य आक्रमणमा मारिएका सर्वोच्च नेता खामेनी र उनका परिवारका सदस्यहरूको जनाजाको नमाज आइतबार तेहरानको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक केन्द्र 'इमाम खुमेनी मस्जिद' मा अदा गरिएको थियो। उक्त विशेष प्रार्थनाको नेतृत्व वरिष्ठ धर्मगुरु आयतुल्लाह जाफर सोभानीले गरेका थिए।

इरानी अधिकारीहरूका अनुसार आगामी केही दिनसम्म इरान र इराकका विभिन्न सहरहरूमा चल्ने यस अन्त्येष्टिमा झन्डै डेढदेखि दुई करोड मानिस सहभागी हुने अनुमान गरिएको छ।

अन्त्येष्टि कार्यक्रमको विस्तृत तालिका:

जुलाई ३–४: तेहरानस्थित इमाम खुमेनी मस्जिदमा धार्मिक विधिपूर्वक अन्त्येष्टिका औपचारिकताहरू सुरु।

जुलाई ५–६: खामेनीको पार्थिव शरीरलाई सर्वसाधारणको अन्तिम श्रद्धाञ्जलीका लागि खुला राखिएको।

जुलाई ७: पार्थिव शरीरलाई पवित्र सहर कोम लगिने र जमकरान मस्जिदमा विशेष प्रार्थना (जनाजाको नमाज) गरिने।

जुलाई ८: शवलाई छिमेकी मुलुक इराकको नजफ पुर्‍याइने, जहाँ इमाम अली दर्गाहसम्म विशाल शवयात्रा गरिएपछि कर्बलामा अन्तिम संस्कार सम्पन्न गरिने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...