मुख्य समाचार
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जनताको काम नगर्ने मेयर र प्रदेश मन्त्रीलाई कारबाही गर्ने चेतावनी
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जनताको काम नगर्ने मेयर र प्रदेश मन्त्रीलाई कारबाही गर्ने चेतावनी

: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जनताको काम नगर्ने मेयर र प्रदेश मन्त्रीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। ठेकेदारको ‘खुट्टा भाँच्ने’ धम्की दिएर आलोचित बनेका पूर्वाधार विकास मन्त्री लम्सालले पुन: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासँगको भेटमा मेयर र प्रदेश मन्त्रीलाई कारबाही गर्ने आश्वसन दिएका हुन्।

लम्सालले तीनै तहका जनप्रतिनिधि जनताप्रति सधैँ उत्तरदायी बन्नुपर्ने बताए। उनले भने, ‘कुनै मेयरले काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भनेपनि त्यो केशमा पनि हामीलाई जानकारी दिनुहोस्, मेयरलाई नै कारबाही गर्छौं हामी। प्रदेशका मन्त्रीले पनि त्यस्तै गरे प्रदेशका मन्त्रीलाई पनि थुन्छौं हामी। काम गर्नुपर्‍यो, काम गराउनुपर्‍यो।’

वर्षायाममा हिलो र हिउँदमा अत्यधिक धुलोका कारण यात्रुले दैनिक सास्ती खेप्नुपरेको भन्दै स्थानीयले हालको ठेक्का सम्झौता रद्द गरी ठेकेदारमाथि कानुनी कारबाही तथा जरिवाना गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाएर सडक निर्माण शीघ्र सम्पन्न गर्न माग गरेका थिए। उनले जनताले भोग्नुपरेका समस्या र गुनासो सम्बन्धित निकायसम्म पुर्‍याउन आग्रह गर्दै सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहमा सरकार प्रतिबद्ध रहेको बताए।

यसअघि धादिङमा सडक आयोजनाको अनुगमन गर्दा बिजुलीका पोल नहटाउने व्यवसायीको खुट्टा भाँच्न निर्देशन दिएपछि विरोध भएको थियो। पछि उनले प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफमा त्यसको बचाउ गर्दै आफूले बेलामा काम नगर्दा समस्या हुने भन्दै निर्माण व्यवसायीलाई जोगाउन त्यस्तो अभिव्यक्ति दिएको तर्क गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: महोत्तरी प्रहरीले ४८७ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ भकुण्डेका २१ वर्षीय विपस नेगी र सोही गाउँपालिका–१ क्यूरेनीका २४ वर्षीय साधुराम थिङ रहेका छन्। प्रारम्भिक बरामदपछि पक्राउ परेका उनीहरुको बयानका आधारमा गरिएको थप अनुसन्धानबाट ठूलो परिमाणमा गाँजा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव ...
— प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍लाई प्राथमिकता नदिएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा नेता आङ्देम्बेले भने, 'म प्रधानमन्त्रीजीलाई गम्भीरतापूर्वक सोध्न चाहन्छु कि यदि संसद् नै तपाईंको प्राथमिकतामा पर्दैन भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ ?' प्रधानमन्त्री शाहले संसद्‍‍मा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा लेख्न मन पराउने गरेको पनि आङ्देम्बेको भनाइ छ ...
: नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति गगन थापाले नै एकता नचाहेको आरोप लगाएको छ। कांग्रेस नेता मीनबहादुर विश्वकर्माले अधिकतम प्रयास गरिए पनि पार्टी एकता हुन नसकेको बताए। 'पार्टी विभाजन हुन नदिन हदैसम्मको लचकता अपनाइएको छ। प्रयास गरिँदै आएको छ। तर, ५ महिना बित्दा पनि कुनै परिणाम देखिएको छैन। संस्थापन पक्षले एकताका लागि कुनै सार्थकता ...
— रास्वपा सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार हुने सवारी दुर्घटनाबारे सरकारसँग जवाफ माग गरेका हुन् । सांसद प्रसाईंले नागरिकको जीवन रक्षा गर्ने दायित्वबाट राज्य पन्छिन नपाउने बताए । कर्णाली राजमार्गमा हुने दुर्घटनाहरूलाई राज्य र समाजले केवल समाचारको ...
: युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको बताएका छन्। मन्त्री यादवले राष्ट्रिय सभालाई सम्बोधन गर्दै सरकारले आगामी २०८३ सालदेखि २०९२ को दशकलाई “रोजगार प्रवर्द्धन दशक” का रूपमा घोषणा गरिसकेको र सोही अनुसार राष्ट्रिय ...