मुख्य समाचार
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा मध्यपूर्वका प्रमुख चरमपन्थी संगठनहरूका शीर्ष नेताहरूको उपस्थिति
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा मध्यपूर्वका प्रमुख चरमपन्थी संगठनहरूका शीर्ष नेताहरूको उपस्थिति

: इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा मध्यपूर्वका प्रमुख चरमपन्थी संगठनहरूका शीर्ष नेताहरूको उपस्थिति रहेको छ। यस उपस्थितिमार्फत इरानले आफ्ना कट्टर शत्रुहरू—इजरायल र अमेरिकालाई कडा सन्देश दिँदै आफ्नो 'एक्सिस अफ रेसिस्टेन्स' (प्रतिरोधको धुरी) अझै पनि पूर्ण रूपमा सक्रिय र जीवित रहेको दाबी गरेको छ।

तेहरानमा आयोजित उक्त शोक सभा र अन्त्येष्टिमा हमास, हिज्बुल्लाह र यमनका हूती विद्रोहीका प्रतिनिधिहरू एकजुट भएका थिए। इरान समर्थित संगठनहरू हमास, लेबनानको हिज्बुल्लाह र यमनको हूतीका प्रतिनिधिहरूले खामेनीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे।

क्षेत्रीय तनावका बीच यी संगठनहरूको संयुक्त उपस्थितिलाई इजरायल र पश्चिमी देशहरूका विरुद्ध शक्ति प्रदर्शनको रूपमा हेरिएको छ। खामेनीको प्रस्थानपछि पनि इरानले मध्यपूर्वमा आफ्नो नियन्त्रण र 'एक्सिस अफ रेसिस्टेन्स'को नेटवर्क कमजोर नभएको सन्देश प्रवाह गर्न खोजेको छ।

'एक्सिस अफ रेसिस्टेन्स' के हो ?

यो इरानको नेतृत्वमा रहेको एउटा राजनीतिक र सैन्य गठबन्धन हो, जसमा लेबनानको हिज्बुल्लाह, प्यालेस्टाइनको हमास, यमनका हूती विद्रोही र सिरियाली सरकार सामेल छन्। यिनीहरूको साझा उद्देश्य मध्यपूर्वमा इजरायल र अमेरिकी प्रभावको विरोध गर्नु हो।

खामेनीको निधनपछि इरानको आन्तरिक र बाह्य राजनीति कुन दिशामा जानेछ भन्ने चासो विश्वभर बढेको बेला तेहरानमा देखिएको यो दृश्यले आगामी दिनमा मध्यपूर्वको भू-राजनीति थप तातिने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...