मुख्य समाचार
यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपले गर्दा फिफाले निलम्बन गरेको दाबी
यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपले गर्दा फिफाले निलम्बन गरेको दाबी

: सांसद रमेश मल्लले फिफाले एन्फालाई निलम्बन गर्दा राष्ट्रको प्रतिष्ठामा गम्भीर धक्का पुगेको बताएका छन्। आज प्रतिनिधि सभामा बोल्दै उनले नेपालको फुटबलमाथि फिफाको निलम्बनबारे ध्यानाकर्षण गराएका हुन्।

उनले यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपले गर्दा फिफाले निलम्बन गरेको दाबी गरे।
‘नेपालको फुटबलमाथि लागेको फिफाको निलम्बन केवल खेलकुदको विषय होइन, यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपको परिणाम हो।’ उनले भने,‘फिफा र एएफसीले पटक–पटक निर्वाचन प्रक्रिया अघि बढाउन, तेस्रो पक्षको हस्तक्षेप नगर्न र अन्यथा नेपालमाथि प्रतिबन्ध लाग्न सक्ने स्पष्ट चेतावनी दिएका थिए। तर सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएन। राष्ट्रिय खेलकुद परिषद निर्वाचन रोक्ने, एन्फालाई निलम्बन गर्ने र आन्तरिक प्रक्रियामा हस्तक्षेप गर्ने काम भयो। अन्ततः फिफा ले यही हस्तक्षेपलाई आधार मानेर नेपाललाई निलम्बन गर्‍यो।’

उनले फिफाको निर्णयले हजारौँ खेलाडी, प्रशिक्षक, रेफ्री र नेपाली फुटबलप्रेमीको सपना प्रभावित भएको बताए। ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता अन्योलमा परेको छ र राष्ट्रको प्रतिष्ठामा गम्भीर धक्का पुगेको छ।’ उनले भने,त्यसैले सरकारसँग मेरो स्पष्ट माग छ, तत्काल कूटनीतिक र संस्थागत पहलमार्फत फिफा सँग विश्वास पुनःस्थापित गरी नेपालमाथिको प्रतिबन्ध शीघ्र फुकुवा गरियोस्। खेलकुद संस्थाको स्वायत्तताको सम्मान गर्दै यस्ता हस्तक्षेप फेरि नदोहोरिने सुनिश्चित गरियोस्।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: घरधनीहरुको विरोधका कारण गत शुक्रबारदेखि रोकिएको वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको काम सोमबारदेखि प्रहरी परिचालन गरेर फेरि सुचारु गरिएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मेन रोड (मुख्य सडक) को सडक सीमा क्षेत्र (दायाँ–बायाँ २५/२५ मिटर)मा रहेका संरचनाहरु दोस्रो चरणमा गत शुक्रबारदेखि हटाउन थालिएकोमा जग्गाधनीहरुको विरोधका कारण रोकिएको थियो। गत शुक्रबार बिहान गण्डकदेखि डोजर ...
— प्रमुख विपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको सकारात्मक कामको प्रशंसा गर्न आफ्नो पार्टीले कन्जुस्याइँ नगर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय लिएर उनले सरकारले १०० दिनका अवधिमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिने बताए । सांसद आङ्देम्बेले भने, 'सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह र केही संरचनागत सुधारका विषयमा सरकार सक्रिय ...
: महोत्तरी प्रहरीले ४८७ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ भकुण्डेका २१ वर्षीय विपस नेगी र सोही गाउँपालिका–१ क्यूरेनीका २४ वर्षीय साधुराम थिङ रहेका छन्। प्रारम्भिक बरामदपछि पक्राउ परेका उनीहरुको बयानका आधारमा गरिएको थप अनुसन्धानबाट ठूलो परिमाणमा गाँजा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव ...
— प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍लाई प्राथमिकता नदिएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा नेता आङ्देम्बेले भने, 'म प्रधानमन्त्रीजीलाई गम्भीरतापूर्वक सोध्न चाहन्छु कि यदि संसद् नै तपाईंको प्राथमिकतामा पर्दैन भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ ?' प्रधानमन्त्री शाहले संसद्‍‍मा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा लेख्न मन पराउने गरेको पनि आङ्देम्बेको भनाइ छ ...
: नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति गगन थापाले नै एकता नचाहेको आरोप लगाएको छ। कांग्रेस नेता मीनबहादुर विश्वकर्माले अधिकतम प्रयास गरिए पनि पार्टी एकता हुन नसकेको बताए। 'पार्टी विभाजन हुन नदिन हदैसम्मको लचकता अपनाइएको छ। प्रयास गरिँदै आएको छ। तर, ५ महिना बित्दा पनि कुनै परिणाम देखिएको छैन। संस्थापन पक्षले एकताका लागि कुनै सार्थकता ...