मुख्य समाचार
श्रीलंकाको नेगोम्बो जेलमा भएको हिंसाका कारण २५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते
श्रीलंकाको नेगोम्बो जेलमा भएको हिंसाका कारण २५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते

: श्रीलंकाको नेगोम्बो जेलमा सोमबार बिहान भएको हिंसाका कारण २५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।बीबीसीका अनुसार मृत्यु हुनेहरूमा तीन जना प्रहरी अधिकारी पनि रहेका छन्। आइतबार पनि यसै जेलमा झडप भएको थियो, जसमा दुई जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए।

यद्यपि, आइतबार नेगोम्बो जेलभित्रको तनावपूर्ण स्थितिलाई अधिकारीहरूले नियन्त्रणमा लिएको दाबी गरेका थिए। तर सोमबार जेलभित्र पुनः अशान्ति फैलिकाे र जेलभित्र भित्रबाट लगातार गोली चलेको आवाज सुनिएको बताइएकाे छ। जेल आयुक्त तथा जेल मिडिया प्रवक्ता एसी गजानायकेले मिडियालाई दिएको जानकारी अनुसार कैदीहरूका दुई समूहबीच भएको झडप थियो। आइतबार भएको झडपलाई अधिकारीहरूले सुल्झाएका थिए, तर सोमबार बिहान फेरि हिंसा मच्चियो।

उनले हिंसा शान्त पार्न पुगेका जेल अधिकारीहरूमाथि कैदीहरूले आक्रमण गरेको बताए। उनका अनुसार त्यस समयमा जेल अधिकारीहरू मुख्य ढोकातर्फ दौडिएका थिए र कैदीहरूले उनीहरूको पीछा गर्दै आक्रमण गरेका थिए। कैदीहरूले पछि जेलको मुख्य ढोका तोड्ने प्रयास गरेपछि जेल अधिकारीहरूले उनीहरूलाई नियन्त्रणमा लिन न्यूनतम बल प्रयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...