मुख्य समाचार
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२र८३ को जेठसम्म प्रमुख दलहनको आयात उल्लेख्य रूपमा घटेको छ
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२र८३ को जेठसम्म प्रमुख दलहनको आयात उल्लेख्य रूपमा घटेको छ

— वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२र८३ को जेठसम्म प्रमुख दलहनको आयात उल्लेख्य रूपमा घटेको छ। मुसुरो, सिमी–राज्मा, रहर र अन्य गेडागुडीको आयात घट्दा केराउ र बकुल्लाको आयात भने बढेको देखिएको छ।

वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आवको जेठसम्म ९ अर्ब ११ करोड ४० लाख रुपैयाँ बराबरको मुसुरो, सिमी–राजमा, चना, अन्य गेडागुडी, रहर, केराउ र बकुल्ला गरी ९ करोड १३ लाख ६० हजार ९ सय ५६ किलो दलहन आयात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ९२ करोड ४० लाख रुपैयाँ बराबर १० करोड १० लाख २९ हजार ६ सय १४ किलो दलहन आयात भएका थिए, । यसरी परिमाणतर्फ ९६ लाख ६८ हजार ६ सय ५८ किलो तथा मूल्यतर्फ करिब १ अर्ब ८१ करोड रुपैयाँले कमी आएको छ। मूल्यका आधारमा आयात १७ प्रतिशतले घटेको हो।

सबैभन्दा धेरै मुसुरोको आयात घटेको छ। चालु आवमा ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ बराबरको ४ करोड १२ लाख किलो मुसुरो आयात भएको छ। गत आवको सोही अवधिमा ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको ४ करोड ८५ लाख किलो मुसुरो आयात भएको थियो। यसअनुसार मुसुरोको मूल्य २२ प्रतिशतले घटेको छ।
सिमी–राज्माको आयात पनि उल्लेख्य रूपमा घटेको छ।

गत वर्ष २ अर्ब ९२ करोड रुपैयाँ बराबरको २ करोड ३२ लाख किलो सिमी राज्मा आयात भएकोमा यस वर्ष २ अर्ब ३३ करोड रुपैयाँ बराबरको १ करोड ९१ लाख किलो सिमी राज्मा आयात भएको छ। जुन गत वर्षको तुलनामा २० प्रतिशत कम हो।

चनाको आयात परिमाणमा केही बढे पनि मूल्यमा चार प्रतिशतले घटेको छ। चालु आवमा २ अर्ब १८ करोड रुपैयाँको २ करोड ४२ लाख ७६ हजार ३ सय ३१ किलो चना आयात भएको छ। गत वर्ष २ अर्ब २८ करोड रुपैयाँ बराबरको २ करोड २७ लाख किलो चना आयात भएको थियो।

रहरको आयात मूल्य पाँच प्रतिशतले घटेको छ। चालु आवमा ३२ करोड २५ लाख रुपैयाँ बराबरको २८ लाख २८ हजार किलो रहर आयात हुँदा गत वर्ष ३५ करोड १८ लाख रुपैया बराबरको २७ लाख १६ हजार किलो रहर आयात भएको थियो।

अन्य गेडागुडीको आयातमा पनि १३ प्रतिशतले कमी आएको छ। यसको विपरीत केराउको आयात मूल्य १५० प्रतिशतले बढेको छ। गत वर्ष ३ करोड २६ लाख रुपैया बराबरको ३८ हजार किलो केराउ आयात भएको थियो । यस वर्ष ८ करोड ३९ लाख रुपैया बराबरको ३ लाख ६५ हजार किलो केराउ आयात भइसकेको छ ।
बकुल्लाको आयात पनि उल्लेख्य रूपमा बढेको छ।
गत वर्ष १७ हजार ७० हजार किलो आयात भएको बकुल्ला यस वर्ष ९३ हजार ८ सय ४० किलो आयात भएको छ। यसको मूल्य ५२५ प्रतिशतले वृद्धि भएको भन्सार तथ्यांकले देखाएको छ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतारचढाव, मागमा आएको परिवर्तन तथा वैकल्पिक खाद्यान्नको प्रयोग बढेकाले केही दलहनको आयातमा कमी आएको बताउँछन् । यद्यपि बजारको मागका आधारमा केराउ र बकुल्लाजस्ता दलहनको आयात भने बढिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...
— मुलुकको प्रमुख स्थल भन्सार वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व असुलीको लक्ष्य भेट्न सकेन। कार्यालयले साउनमा तोकिएको लक्ष्यको ९० दशमलव ९७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले साउनमा २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा कार्यालयले १८ ...
। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित ...
। विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठको नाम सिफारिस गरेको हो । कुल ९ जनाको आवेदन ...
: धनगढीका हेमराज जोशीले साउन महिनाको पाक्षिक बम्पर पुरस्कार जितेका छन्। उनले २ सय ५० रुपैयाँको बिजुलीको बल्ब किन्दा १० लाख राशिको उपहार पाएका हुन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको पहिलो पाक्षिकका बम्पर उपहार र एक लाख रुपैयाँ विजेता दुई जनालाई पुरस्कार रकम हस्तान्तरण गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित साउन महिनाको दोस्रो ...