मुख्य समाचार
वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको काम प्रहरी परिचालन गरेर फेरि सुचारु
वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको काम प्रहरी परिचालन गरेर फेरि सुचारु

: घरधनीहरुको विरोधका कारण गत शुक्रबारदेखि रोकिएको वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको काम सोमबारदेखि प्रहरी परिचालन गरेर फेरि सुचारु गरिएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मेन रोड (मुख्य सडक) को सडक सीमा क्षेत्र (दायाँ–बायाँ २५/२५ मिटर)मा रहेका संरचनाहरु दोस्रो चरणमा गत शुक्रबारदेखि हटाउन थालिएकोमा जग्गाधनीहरुको विरोधका कारण रोकिएको थियो।

गत शुक्रबार बिहान गण्डकदेखि डोजर लगाएर सडक सीमा क्षेत्रभित्रका घरटहराहरु हटाउन थालिएकोमा डोजरहरु कृषि औजार केन्द्र अगाडि पुगेपछि स्थानीयले अवरोध गरेपछि रोकिएको थियो। शनिबार बिहान पनि सडक विस्तारको विरोधमा केही घरधनीहरुले घण्टाघर चोकमा टायर बालेर प्रदर्शनपनि गरेका थिए। जसका कारण शुक्रबारदेखि सडक विस्तारको काम रोकिएको थियो।

त्यसपछि आइतबार बेलुकी नेपाल प्रहरी र वीरगन्ज महानगरको नगर प्रहरीले माइकिङ गरेर रातभरिमा घरमा रहेका सरसामानहरु खाली गर्न आग्रह गर्दै सोमबार बिहान ६ बजेदेखि डोजर चलाइने सूचना गरेका थिए। त्यही सूचना अनुसार सोमबार बिहान करिब ७ बजेदेखि सडक विभागले नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरका नगर प्रहरीको सहयोगमा गण्डक चोकको बहुअरीदेखि चारवटा डोजर लगाएर सडक सीमा क्षेत्रमा पर्ने घरटहराहरु हटाउन थालेको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका अधिकृत शुभराज न्यौपाने जानकारी दिए।

सोमबार बिहानदेखि चारवटा डोजर परिचालन गरी सडक सीमा क्षेत्रभिका संरचनाहरु हटाउने काम सुचारु गरिएको उनले बताए। जनकपुर, सिन्धुली र हेटौंडाबाट थप १० वटा डोजर मगाइएको भन्दै उनले ती डोजरहरु पनि मंगलबारदेखि परिचालन गरिने जानकारी दिए। उनले भने, ‘अब सडक विस्तारको काम रोकिन्न, गण्डकदेखि सुरु काम मितेरीपुल पुगेर नसकिएसम्म निरन्तर जारी रहन्छ। अब कसैको अवरोध वा विरोधले यो काम रोकिनेवाला छैन।’

न्यौपानेका अनुसार, सर्वोच्च अदालतको आदेश बमोजिम, करिब दुई महिनाअघि अर्थात गत वैशाख ६ र ७ गते सडक विभागले ९ वटा डोजर परिचालन गरेर सडक सीमा क्षेत्रभित्रका घरटहराहरु आंशिक रुपमा हटाएको थियो। त्यसपछि सडक विभागले भत्काउन बाँकी रहेका संरचनाहरु आफैं हटाउन घरधनीहरुलाई २५ दिनको समय दिएको थियो। तर घरधनीहरु आफैंले ती संरचना नहटाएपछि सडक विभागले गत शुक्रबारदेखि फेरि डोजर परिचालन गरेर सडक विस्तारको काम पुन सुचारु गरेको थियो।

न्यौपानेले वीरगन्जको मेनरोड विस्तार योजनाका लागि संघीय सरकारबाट बजेट विनियोजन पनि भइसकेको जानकारी गराए। उनले भने, ‘यसका लागि हामीले बहुवर्षीय ठेक्कामा लैजाने तयारीपनि गरिरहेका छौं। र बहुवर्षीय ठेक्कामा लैजानु भन्दा अगाडि सबै साइट क्लियरेन्स गर्नुपर्ने हुन्छ। त्यही काम अहिले गरिरहेका छौं।’

गत वैशाख ६ र ७ गते सडक विभागले गण्डक चोकदेखि मितेरी पुलसम्मको मेनरोड क्षेत्रमा दायाँ–बायाँ २५/२५ मिटर सीमामा पर्ने करिब १ हजार २०० घर र भवनमा डोजर चलाएर आंशिक रुपमा भत्काएको थियो। त्यसपछि केही घरधनी आफैंले २५/२५ मिटर क्षेत्रमा पर्ने घरहरु भत्काएका थिए। तर घण्टाघरदेखी माईस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मको मेनरोड क्षेत्रका अधिकांश घर र भवनहरु भने घरधनीहरुले भत्काएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पर्साको ठोरीस्थित नेपाल–भारत सीमा नाका तथा छोटी भन्सार कार्यालय तत्काल सञ्चालनमा ल्याई पर्यटकको आवागमन सहज बनाउन माग गर्दै पर्यटन विकास समिति, ठोरीले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ। समितिका सचिव रवि पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा ठोरी सीमा नाका ऐतिहासिक, पर्यटकीय तथा आर्थिक दृष्टिले नेपाल–भारतबीचको महत्त्वपूर्ण प्रवेशद्वार रहेको ...
— लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा त्रुटि भएको स्वीकार गर्दै प्रदेश सभा बैठकमा ‘क्षमायाचना’ गरेका छन् । उनले सोमबार बसेको प्रदेश सभाको बैठकको रोष्ट्रममा उभिएर माफी मागेपछि बजेटमाथि छलफल सुरु भएको छ । उनले बजेटमा त्रुटि भएको र केही प्रदेश सभा सदस्यहरूका योजना छुटेको बताए ...
— आर्थिक वर्ष २०८३/०८४ मा १५१ कानुन निर्माण गर्न मन्त्रालयहरूले सुझाव दिएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मागेअनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानुनको नाम बुझाएका हुन् । यसलाई प्राथमिकताक्रम निर्धारण गरेर असारभित्रै संघीय संसद्मा पेस गर्ने कानुन मन्त्रालयको तयारी छ । कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्यालका अनुसार प्रस्ताव गरिएकामा सबै नयाँ कानुनका लागि ...
: झापाको कमलमा कोब्रा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–३ निवासी ज्ञानबहादुर लिम्बुकी ४० वर्षीया श्रीमती सरस्वती मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार सोमबार साँझ करिब ७:५० बजे आफ्नै घरको भान्सा कोठामा खाना पकाइरहेका बेला कोब्रा सर्पले उनलाई डसेको थियो। सर्पले डसेपछि उनलाई तत्काल उपचारका लागि ...
— पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पुरानो पुस्ताले आफ्नो ज्ञान, अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गरेर सहयोग गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्तासँग रहेको विज्ञान र प्रविधिमा आधारित ज्ञान तथा सीपलाई मुलुकको स्रोत–साधनसँग जोडेर उपयोग गर्न सक्नुपर्नेमा जोड दिएका ...