मुख्य समाचार
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक

। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ६४.६९ प्रतिशत हो ।

जीपीएअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन् ।

त्यस्तै १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन् । ०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त गर्ने विद्यार्थी भने छैनन् ।

बोर्डले नतिजा वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ । नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ ।

यसैबीच, परीक्षा मर्यादा विपरीत कार्य गरेको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले आफूले जनतालाई थप आर्थिक भार नहुने गरी विद्युतमा करको व्यवस्था गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको जानकारी गराएका छन् । सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा विद्युत्मा पनि थप करको व्यवस्था गरेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला उहाँले आफूले अर्थ मन्त्रालयलाई यस्तो आग्रह गर्नुपरेको बताएका हुन् । ‘वित्तीय सुशासनको हिसाबले हेर्दा ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रुपमा उपलब्ध हुने दाबी गरेकी छिन् । मंगलबार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले धानबालीका आवश्यक मलको व्यवस्था गरिएको स्पष्ट पारिन् । ‘हाल ९५ हजार मेट्रिक टन मल मौज्दात छ । र जीटूजीमार्फत थप ५० ...
। कार्यालयमा सेवाग्राही कुट्ने यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख चिन्तन आचार्यको जिम्मेवारी खोसिएको छ । कार्यालयमै सेवाग्राहीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएसँगै श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले उनलाई जिम्मेबारीबाट हटाएर मन्त्रालय तानेको हो । आजको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालय तानिएको मन्त्रालयका सूचना अधिकारी सुनिल साहले जानकारी दिए । उनको स्थानमा बारा यातायात व्यवस्था कार्यालयका अधिकृत ...
। सरकारले कृषि क्षेत्रसँग सम्बन्धित रहेर एकीकृत कृषि ऐन बनाउने तयारी गरेको छ । यसका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले विधेयक तयार पारेर अगाडि बढाएको छ । ‘कृषि विधेयक तयार गरी राय सुझावका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ,’ कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जानकारी दिइन् । मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरूको ...
। नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाले प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा नेपालको आर्थिक रुपान्तरणका लागि बैंकले आफ्नो सहयोगलाई अझै सघन बनाउने बताएका छन् । एडीबी र नेपालबीच ६० वर्षे साझेदारीलाई अझै बलियो बनाउँदै मुलुकको आर्थिक रुपान्तरण, रोजगारी सिर्जना तथा लगानीका लागि अझै सघन सहयोग गर्ने बताएका हुन् । ‘नेपाल अहिले निर्णायक क्षणमा छ, ...