मुख्य समाचार
ट्रम्पले पहलगाम आक्रमणपछि सिर्जित भारत र पाकिस्तानबीचको द्वन्द्वलाई लिएर पुनः टिप्पणी
ट्रम्पले पहलगाम आक्रमणपछि सिर्जित भारत र पाकिस्तानबीचको द्वन्द्वलाई लिएर पुनः टिप्पणी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहलगाम आक्रमणपछि सिर्जित भारत र पाकिस्तानबीचको द्वन्द्वलाई लिएर पुनः टिप्पणी गरेका छन्। युक्रेनको राजधानी किभमा रुसले गरेको आक्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पले आफूले अहिलेसम्म आठवटा युद्ध रोक्न सफल भएको दाबी समेत गरे।

ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “मैले भारत र पाकिस्तानबीचको द्वन्द्व पनि रोक्काएको थिएँ। अन्य मामिलाहरूमा पनि मैले यस्तै भूमिका खेलेको छु। भारत र पाकिस्तानको त्यो मामिला निकै खतरनाक हुन सक्थ्यो। त्यहाँ आणविक युद्धको खतरा थियो। पाकिस्तानका प्रधानमन्त्रीका अनुसार त्यस युद्धमा ४ करोड मानिसको ज्यान जान सक्थ्यो। सायद ५ करोड मानिस पनि मारिन सक्थे।”

उनले अगाडि थपे, “दुवै देशले एक-अर्काका ११ वटा विमान खसालिदिएका थिए। स्थिति निरन्तर बिग्रँदै गएको थियो। चार दिनसम्म तनावपूर्ण वातावरण रह्यो र त्यसपछि मैले त्यसलाई रोकेँ।”

जब ट्रम्पलाई जुलाई ४ मा किभमा भएको आक्रमणका बारेमा प्रश्न सोधियो।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग कुराकानी गरेपछि पनि उनीमाथि कुनै प्रकारको दबाब किन नदेखिएको हो भनी सोधिएको प्रश्नमा उनले भने, “मलाई लाग्छ पुटिन दबाबमा छन्। उनी यो युद्ध अन्त्य गर्न चाहन्छन् र वोलोदिमीर जेलेन्स्की पनि यसलाई टुङ्ग्याउन चाहन्छन्। दुवै पक्षसँग हाम्रो कुराकानी भइरहेको छ र हेरौँ हामी यसलाई अन्त्य गराउन सक्छौँ कि सक्दैनौँ। यो निकै दुःखद परिस्थिति हो।”

आफ्नो मध्यस्थताको दाबी गर्दै उनले भने, ‘मैले आठवटा युद्ध अन्त्य गराएको छु। मेरो विचारमा रुस-युक्रेन युद्ध समाधान गर्न तुलनात्मक रूपमा सजिलो हुनुपर्ने थियो, किनकि म दुवै नेताहरूलाई चिन्दछु। अन्य धेरै मामिलाहरूमा म ती नेताहरूलाई चिन्दिनथेँ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...