मुख्य समाचार
सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी
सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी

। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी गर्नुभएको छ ।

मंगलबार राष्ट्रिय सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो जिकिर गरेका हुन् ।

मन्त्री वाग्लेले सरकारले सय बुँदामा तोकिएको कामहरूमध्ये ८७ दशमलव २ प्रतिशत कार्यक्रमहरू फत्ते गर्नु आफैँमा अभूतपूर्व काम गरेको तर्क गरे ।

उनले विधेयकलगायतका विषयहरू सरकारको मात्रै नियन्त्रणमा नभएकाले सोचेअनुसार अघि बढ्न नसकेको स्पष्टीकरण समेत अर्थमन्त्री वाग्लेको थियो ।

उनले अर्थ मन्त्रालयले भने सय बुँदा मध्ये आफनो जिम्मेवारीमा परेको सबै काम फत्ते गरेको बताए ।

अर्थमन्त्री वाग्लेले भने, ‘सय दिनको प्रसंग आएको रहेछ । अघि नै मैले निवेदन गरिसकेँ– सरकारको आन्तरिक मूल्यांकनमा ८७ दशमलव २ प्रतिशत कार्यक्रमहरू फत्ते भएको छ । यो आफैँमा अभूतपूर्व होला । आफैँले मापदण्ड, एकदमै जटिल मापदण्ड तोकेर आफू त्यसैमा खरो उत्रनका लागि सरकारले आफूले इमान्दार रूपमा प्रयासरत छ । केही कामहरू निरन्तर छन् । विधेयक पेश गर्ने जस्ता कुराहरू त्यो हाम्रो कन्ट्रोलमा मात्रै नभएको हुनाले पनि यसलाई अघि बढाउने कुरामा हामी सचेत नै छौँ । अर्थ मन्त्रालयले सय बुँदामा भनिएका सबै कामहरू फत्ते गरेको छ ।’

अर्थमन्त्री वाग्लेले सरकारले निर्वाचन अघि जनतासामू गरेको बाचा अनुसार नै काम गरिरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाइ दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ । कामपा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै वर्गीकरण गरी मात्रा घटाउने विधि र प्रक्रियालाई कार्यान्वयन गर्दै लगेको जानकारी दिइन् । ‘ल्यान्डफिल साइट र त्यस क्षेत्रसँग सम्बन्धित पूर्वाधार र सामाजिक क्षेत्रका कार्यक्रमका लागि कामपाले ...
। पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम)मा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । मंगलबार बर्दघाट नगरपालिका–४ तारेभिरमा बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र ०८–००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना.६ ख ३४६० नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन् । प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा काठमाडौं महानगरपालिका–१० कपनका ३३ वर्षीय बद्री ...
। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् । व्यक्तिको गोपनीयतालाई मध्यनजर गरेर फरेन्सिक परीक्षण र प्रयोगशालाको रिपोर्ट पब्लिक डोमेनमार्फत सार्वजनकि गर्ने प्रश्तावित व्यवस्था हटाउनुपर्ने ...
। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त कुरा बताएका हुन् । मन्त्री लम्सालले सरकारको प्राथमिकता व्यवसायीलाई कालोसूचीमा राख्नु वा ठेक्का रद्ध गर्नुभन्दा पनि दबाब दिएर काम सम्पन्न गराउनु रहेको प्रस्ट पारे । यद्यपि सम्झाउँदा ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले विद्युत् उत्पादन भन्दा प्रसारण र वितरण प्रणालीको सुदृढीकरणमा जोड दिएको बताएका छन् । विद्युत् खपत बढाउन पनि सरकारले उक्त नीतिलाई स्पष्ट रूपमा अघि बढाएको मन्त्री श्रेष्ठको भनाइ थियो । मंगलबार राष्ट्रिय सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उत्पादित विद्युत् खेर जान नदिन ...