मुख्य समाचार
फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाइ दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने
फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाइ दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने

। काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाइ दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ ।

कामपा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै वर्गीकरण गरी मात्रा घटाउने विधि र प्रक्रियालाई कार्यान्वयन गर्दै लगेको जानकारी दिइन् ।

‘ल्यान्डफिल साइट र त्यस क्षेत्रसँग सम्बन्धित पूर्वाधार र सामाजिक क्षेत्रका कार्यक्रमका लागि कामपाले वार्षिक करिब रु एक अर्ब खर्च गरेको छ,’ उनले भनिन्, ‘पछिल्लो समय महानगरपालिकाले विभिन्न स्थानमा सहरबाट उत्पादित फोहरलाई स्रोतमै वर्गीकरणमात्र घटाएर ल्यान्डफिल साइट पुर्याउने कार्यलाई प्राथमिकता दिएको छ ।’

फोहोरको भारका आधारमा उपत्यकाका स्थानीय तहबाट वित्तीय साझेदारीको अपेक्षा गरिएको जनाउँदै महानगरपालिकाले यसबाट स्थानीय तहलाई आफूले उत्पादन गरेको फोहर व्यवस्थापनमा अपनत्वबोध गराउने स्पष्ट पारेको छ ।

महानगरपालिकाले फोहरको भारका आधारमा वित्तीय साझेदारीको अवधारण अघि सारेको छ । काठमाडौँ महानगरपालिका क्षेत्रमा तुलनात्मक रूपमा धेरै फोहर उत्पादन हुने भएकाले करिब ५० प्रतिशत वितीय जिम्मेवारीको हिस्सा लिन आफूहरू तयार रहेको कार्यवाहक प्रमुखले स्पष्ट पारेकी छन् ।

साइटको आयु बढाउन फोहर वर्गीकरण, पुनःप्रयोग, पुनःचक्रीय प्रयोग विधिको प्रवर्द्धनका विषयमा कुराकानी भएको थियो । हाल काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङका स्थानीय तहमा उत्पादन भएको फोहर व्यवस्थापन बञ्चरेडाँडामा भइरहेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर रवीन्द्र बोहोरासहितका पदाधिकारी र वातावरण व्यवस्थापन विभागका अधिकारीसँग बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन के–कस्तो उपाय र प्रविधि प्रयोग गरी फोहर व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे छलफल भएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम)मा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । मंगलबार बर्दघाट नगरपालिका–४ तारेभिरमा बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र ०८–००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना.६ ख ३४६० नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन् । प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा काठमाडौं महानगरपालिका–१० कपनका ३३ वर्षीय बद्री ...
। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् । व्यक्तिको गोपनीयतालाई मध्यनजर गरेर फरेन्सिक परीक्षण र प्रयोगशालाको रिपोर्ट पब्लिक डोमेनमार्फत सार्वजनकि गर्ने प्रश्तावित व्यवस्था हटाउनुपर्ने ...
। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त कुरा बताएका हुन् । मन्त्री लम्सालले सरकारको प्राथमिकता व्यवसायीलाई कालोसूचीमा राख्नु वा ठेक्का रद्ध गर्नुभन्दा पनि दबाब दिएर काम सम्पन्न गराउनु रहेको प्रस्ट पारे । यद्यपि सम्झाउँदा ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले विद्युत् उत्पादन भन्दा प्रसारण र वितरण प्रणालीको सुदृढीकरणमा जोड दिएको बताएका छन् । विद्युत् खपत बढाउन पनि सरकारले उक्त नीतिलाई स्पष्ट रूपमा अघि बढाएको मन्त्री श्रेष्ठको भनाइ थियो । मंगलबार राष्ट्रिय सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उत्पादित विद्युत् खेर जान नदिन ...
। कीर्तिपुरको होल्डिङ सेन्टरबाट पक्राउ परेका डम्बरबहादुर तामाङ रिहा भएका छन् । सुकुमवासीको होल्डिङ सेन्टरमा बस्दै आएको तामाङलाई पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो । जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार १० हजार धरौटीमा उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । सुकुमवासीलाई सरकारले ८ लाख र काठमाडौंमा जग्गा नदिए खुकुरी ...