मुख्य समाचार
पाकिस्तानको एउटा मालवाहक (कार्गो) विमान सम्पर्कविहीन
पाकिस्तानको एउटा मालवाहक (कार्गो) विमान सम्पर्कविहीन

: पाकिस्तानको एउटा मालवाहक (कार्गो) विमान मंगलबार राति रहस्यमय रुपमा सम्पर्कविहीन भएको छ । विमानमा चालक दलका पाँच सदस्य सवार थिए । यो विमान शारजाहबाट कराँचीतर्फ जाँदै थियो ।

तर, उडानका क्रममा नेभिगेसन प्रणालीमा समस्या आएपछि यसको हवाई ट्राफिक नियन्त्रण (एटीसी) सँगको सम्पर्क टुटेको थियो । प्रारम्भिक विवरणअनुसार विमान कराँचीको दक्षिण–पश्चिमस्थित अरब सागरमा दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ । हाल समुद्रमा व्यापक खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ ।

कसरी भयो दुर्घटना ?

पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार, पाकिस्तानी समयअनुसार राति ९ः१८ बजे कराँचीतर्फ उड्दै गर्दा विमानले नेभिगेसन प्रणालीमा समस्या आएको जानकारी दिएको थियो । त्यसपछि स्थानीय हवाई ट्राफिक नियन्त्रणले विमानलाई मार्गनिर्देशन गर्ने प्रयास गरेको थियो । तर, करिब तीन मिनेटमै रडारमा विमान तीव्र गतिमा तल झर्दै गरेको देखियो र त्यसपछि सम्पूर्ण सञ्चार सम्पर्क टुट्यो ।
प्राधिकरणका अनुसार सम्पर्क टुट्दाका बेला विमान कराँचीबाट करिब १५५ समुद्री माइल (२८७ किलोमिटर) पश्चिममा रहेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार विमान बलुचिस्तानको ओरमारा नजिक अरब सागरमाथि उडिरहेको अवस्थामा हराएको हो ।

फ्लाइट रडारको तथ्यांकले के देखायो ?
फ्लाइट ट्रयाकिङ सेवा फ्लाइट राडार २४ का प्रारम्भिक तथ्यांकअनुसार दुर्घटनाअघि विमानको उचाइमा असामान्य र ठूलो उतारचढाव देखिएको थियो । तथ्यांकले विमान पहिले तल झरेको, त्यसपछि केही समयका लागि फेरि माथि उक्लिएको र त्यसपछि अत्यन्त तीव्र गतिमा तल खसेको देखाएको छ । अन्तिम पटक प्राप्त तथ्यांकअनुसार विमान समुद्री सतहबाट केवल १,१०० फिट उचाइमा थियो र प्रतिमिनेट २२,४०० फिटको असामान्य दरले तल झरिरहेको थियो ।

२७ वर्ष पुरानो थियो विमान
सम्पर्कविहीन भएको विमान पाकिस्तानमा दर्ता गरिएको बोइङ ७३७–४०० मालवाहक विमान थियो । यसलाई के–२ एयरवेजले सञ्चालन गर्दै आएको थियो । २७ वर्ष पुरानो यो विमान उक्त कम्पनीको एक मात्र विमान थियो र सन् २०२४ देखि मात्र कम्पनीको सेवामा सञ्चालनमा आएको थियो । फ्लाइट राडार २४ का अनुसार, सन् २०१२ मा यसलाई यात्रुवाहकबाट मालवाहक विमानमा रूपान्तरण गरिएको थियो । यसअघि यो सन् १९९९ मा रुसको एयरोफ्लोट एयरलाइन्सबाट यात्रुवाहक विमानका रूपमा सञ्चालनमा आएको थियो ।

खोज तथा उद्धार अभियान जारी
पाकिस्तान विमानस्थल प्राधिकरणले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै हराएको विमान र त्यसमा सवार चालक दलका सदस्यहरूको खोजीका लागि विभिन्न निकायको समन्वयमा समुद्रमा खोज तथा उद्धार अभियान सञ्चालन गरिएको जनाएको छ । यस घटनाबारे हालसम्म के–२ एयरवेज र बोइङ कम्पनीले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...