मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी दोषी ठहर हुँदा उनका छोरा सन्दीप रायमाझीले सफाइ पाए
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी दोषी ठहर हुँदा उनका छोरा सन्दीप रायमाझीले सफाइ पाए

। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी दोषी ठहर हुँदा उनका छोरा सन्दीप रायमाझीले सफाइ पाएका छन् । त्यस्तै यो प्रकरणमा पूर्वमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पनि जिल्ला अदालतले सफाइ दिएको छ । उनीहरूसहित यो प्रकरणमा जोडिएका ७ जनाले सफाइ पाएका छन् ।

सन्दिप रायमाझीको हकमा सानु भण्डारीले चालिस लाख बैंक खातामा जम्मा गरी दिएको भन्ने उल्लेख थियो । भण्डारीले आफ्नो बयानमा प्रतिवादी टोप बहादुर रायमाझीलाई दिएको २ (दुई) करोड मध्येको रकम रहेको भनी उल्लेख गरेको गरेका छन् । ‘भण्डारीले सन्दीपसँग लीयोन ट्रेडर्स लि.मा २०७४ सालमा शेयर सदस्य रहेको देखिने शेयर लगत प्रमाण प्रतिवादी सन्दीप रायमाझीले पेश गरेको देखिएको तथा बाबु टोप बहादुर रायमाझीलाई दिएको रकम मध्येको ४० लाख रकम निज टोप बहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई दिएको हो भनी प्रतिवादी सानु भण्डारीले गरेको बयान समेतबाट बाबुलाई दिएको रकम छोराको खातामा हालेको अवस्था समेतबाट निज प्रतिवादी सन्दीप रायमाझी आरोपित कसुरका सम्बन्धमा कसुरदार रहेको भन्ने नदेखिएको’ अदालतको फैसलामा छ ।

यो प्रकरणमा टोपबहादुर रायमाझी भने राज्यविरुद्धको कसूर,ठगी र संगठित अपराधमा दोषि ठहर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको बताएकी छन् । मंगलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले असार १९ गतेसम्म ५ लाख ५८ हजार मेट्रिक टन मल आयात भई विगतको मौज्दात समेत गरी हालसम्म ५ लाख १२ हजार मेट्रिक टन ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ जोगीमारास्थित पृथ्वी राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार विशेष सूचनाका आधारमा प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६८९ नम्बरको यात्रुबाहक बस रोकी चेक–जाँच गरेको थियो । जाँचका क्रममा बसमा सवार पर्साको वीरगञ्ज ...
: सशस्त्र प्रहरीले वीरगन्जबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म वीरगन्जको टोलीले सोमबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सालाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो । त्यसक्रममा उक्त ई–रिक्सामा सवार अन्दाजी २५ वर्षीया एक भारतीय महिलाले आफ्ना दुवै तिघ्रामा टेपले बाँधेर ...
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सरकारले बनाएको कार्यदलबाट चार दल बाहिरिएका छन् । कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन् । एमालेबाट तोकिएका प्रतिनिधि सुरुदेखि नै कार्यदलको बैठकमा उपस्थित छैनन् । कांग्रेसले प्रतिनिधि नै पठाएको थिएन । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलमा नेकपाका देव गुरुङ, ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने झापा घर भएका ४८ वर्षीय टिका कार्की, काठमाडौं महानगरपालिका-१६ बस्ने सुनसरी घर भएकी ४६ वर्षीया सरिता बान्तवा राई, टोखा नगरपालिका-६ बस्ने नुवाकोट घर भएका २५ वर्षीय अग्रिम बिक्रम तिमोथी, काठमाडौं ...