मुख्य समाचार
आफ्नो विम्बल्डन करियरकै सबैभन्दा लामो खेल जित्दै जारी प्रतियोगिताको सेमिफाइनलमा
आफ्नो विम्बल्डन करियरकै सबैभन्दा लामो खेल जित्दै जारी प्रतियोगिताको सेमिफाइनलमा

। सर्बियन स्टार नोभाक जोकोभिचले आफ्नो विम्बल्डन करियरकै सबैभन्दा लामो खेल जित्दै जारी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् ।

सेन्टर कोर्टमा भएको रोमाञ्चक क्वार्टरफाइनलमा उनले क्यानडाका तेस्रो वरीयताका फेलिक्स अगर-अलियास्मीलाई ७–६(१०), ३–६, ६–३, ६–७(४), ७–६(१०–४) ले पराजित गरे ।

पाँच घण्टा १५ मिनेटसम्म चलेको यो खेल विम्बल्डन इतिहासकै सबैभन्दा लामो क्वार्टरफाइनल बनेको छ । ३९ वर्षीय जोकोभिचले राति १०:५२ बजे जित हात पार्दै ११ बजेको कर्फ्यू लागू हुनुभन्दा केवल आठ मिनेटअघि खेल सकाएका थिए । अन्तिम तीन सेट कोर्टको छाना बन्द गरेर खेलाइएको थियो ।

यो जितसँगै जोकोभिच लगातार आठौं पटक विम्बल्डनको सेमिफाइनलमा पुगेका छन् । साथै, यो उनको ५५औं ग्रान्डस्लाम सेमिफाइनल र विम्बल्डनमा १५औं सेमिफाइनल हो ।



३९ वर्ष ५१ दिनको उमेरमा उनी खुला युगमा विम्बल्डनको सेमिफाइनल पुग्ने दोस्रो सबैभन्दा पाका खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान केन रोजवालको नाममा थियो ।

खेलका क्रममा जोकोभिचले पिँडुलाको समस्याका कारण मेडिकल टाइमआउट समेत लिएका थिए । यद्यपी अनुभव र मानसिक दृढताका बलमा उनले २५ वर्षीय अगेर-अलियासिमेलाई पराजित गरे ।

क्यानडेली खेलाडीले खेलभर २९ एस प्रहार गरे पनि निर्णायक क्षणमा जोकोभिचले उनको ब्याकह्यान्डलाई लगातार निशाना बनाउँदै बाजी मारे ।

खेलपछि जोकोभिचले भने, ‘र्‍याकेट र धेरै ठूलो हृदयका कारण जित सम्भव भयो । यस्ता क्षणहरूकै लागि म अझै टेनिस खेलिरहेको छु। काश यो फाइनल भएको भए भोलि शरीर कस्तो हुन्छ भन्ने चिन्ता गर्नुपर्ने थिएन। अहिले जितेकोमा निकै खुसी छु ।’

उनले आफ्नो १०७औं विम्बल्डन जित छोराछोरी स्टेफन र ताराको उपस्थितिमा हासिल गरेका हुन् । चौथो सेटपछि उनीहरूलाई सुत्न भने पनि नमानेको बताउँदै उनले हाँस्दै भने, ‘उनीहरू बसेकोमा खुसी छु, किनकि यो मेरो करियरमा सेन्टर कोर्टमा खेलेका उत्कृष्ट खेलमध्ये एक थियो ।’

अब जोकोभिचले सेमिफाइनलमा वर्तमान च्याम्पियन तथा विश्व नम्बर एक यानिक सिनरसँग प्रतिस्पर्धा गर्नेछन् । गत वर्षको विम्बल्डन सेमिफाइनलमा पनि सिनरले जोकोभिचलाई हराउँदै फाइनल पुगेर उपाधि जितेका थिए ।

२४ पटकका ग्रान्डस्लाम विजेता जोकोभिच अब इतिहासमै सर्वाधिक २५ ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्यबाट केवल दुई जित टाढा छन् । तर उनले अहिले आफूलाई कुनै कीर्तिमानभन्दा पनि सेमिफाइनलमा केन्द्रित रहेको बताए ।

‘यी सबै तथ्यांक र कीर्तिमानहरू करियर सकिएपछि हेर्नेछु । अहिले मेरो ध्यान शुक्रबारको खेलमा छ । अझै प्रतियोगितामै छु र दुई दिनपछि विश्वकै उत्कृष्ट खेलाडीसँग खेल्नुपर्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेल्जियम राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रुडी गार्सियाले पद छाड्ने भएका छन् । बेल्जियम फुटबल संघ (आरबीएफए) ले जुलाई ३१ मा सकिने उनको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो । ६२ वर्षीय फ्रान्सेली प्रशिक्षक गार्सियाले सन् २०२५ को सुरुआतमा बेल्जियमको जिम्मेवारी सम्हालेका थिए । उनको नेतृत्वमा बेल्जियमले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको ...
। विश्व फुटबलका सफल प्रशिक्षकमध्ये एक पेप ग्वार्डिओला इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने चर्चामा आएका छन् । इटालियन सञ्चारमाध्यमका अनुसार इटालियन फुटबल महासंघ (एफआईजीसी) ले ग्वार्डिओलासँग प्रारम्भिक छलफल गरिसकेको छ । स्काई स्पोर्ट्स इटालियाका अनुसार एफआईजीसीका प्राविधिक निर्देशक तथा इटालीका महान् डिफेन्डर पाओलो माल्दिनी र उनका सल्लाहकार लियोनार्दो बार्सिलोनामा पुगेर ग्वार्डिओलासँग तीन दिनसम्म छलफल ...
। लगातार दुई विश्वकप जित्ने टोली बन्नबाट आफ्नो टिम चुकेपछि भावुक बनेका अर्जेन्टिनी मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले आफ्नो आगामी बाटो के हुने भन्नेबारे अनिश्चित रहेको बताएका छन् । ४८ वर्षीय स्कालोनीलाई सन् २०१८ को विश्वकपमा अन्तिम १६ बाटै अर्जेन्टिना बाहिरिएपछि मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। त्यस बेला उनीसँग मुख्य प्रशिक्षकको अनुभव त थिएन नै, सहायक प्रशिक्षकका ...
। दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष च्याम्पियनसिप आगामी नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा आयोजना हुने भएको छ । पटक–पटक स्थगित हुँदै आएको प्रतियोगिताको मिति अन्ततः तय भएको हो । साफ कार्यसमितिको बैठकले प्रतियोगिता बंगलादेशमा गर्ने निर्णय गरेको हो । तर फिफाको निलम्बनमा रहेको नेपालले प्रतियोगिता खेल्न पाउने वा नपाउने विषय भने अझै अन्योलमै छ ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजदेखि नेदरल्यान्ड्समा नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित शृङ्खला सुरु हुँदैछ । शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । लिग २ अंकतालिकामा हाल २८ खेलबाट २८ अंकसहित पाँचौं स्थानमा रहेको नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम