मुख्य समाचार
सिरियाको राजधानी दमास्कसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको भ्रमणका क्रममा कम्तीमा दुई वटा विष्फोट भएका छन्
सिरियाको राजधानी दमास्कसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको भ्रमणका क्रममा कम्तीमा दुई वटा विष्फोट भएका छन्

: सिरियाको राजधानी दमास्कसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको भ्रमणका क्रममा कम्तीमा दुई वटा विष्फोट भएका छन् । सिरियाको गृह मन्त्रालयका अनुसार विष्फोटमा चार जना प्रहरीसहित कम्तीमा १८ जना घाइते भएका छन् । सरकारी समाचार संस्था सिरिया अरब न्यूज एजेन्सी (साना) ले मंगलबार जानकारी दिएको हो ।

टेलिभिजन दृश्यहरूमा शहरमाथि धुवाँको मुस्लो उठेको देखिएको छ । साथै, सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एउटा सवारीसाधनमा आगलागी भएको देखिन्छ । विष्फोट पर्यटन मन्त्रालय नजिक तथा राष्ट्रपति म्याक्रोन बस्ने तयारी गरिएको होटल आसपास भएको थियो । म्याक्रोन त्यहाँ सिरियाका राष्ट्रपति अहमद अल–शरासँग भेटवार्ता गर्न पुगेका थिए ।

म्याक्रोनको कार्यालयले राष्ट्रपति भेटका लागि जाँदै गर्दा विष्फोटको आवाज नसुनेको र भ्रमण पूर्व निर्धारित कार्यक्रमअनुसार नै जारी रहेको जनाएको छ । सिरियाको गृह मन्त्रालयले सानालाई दिएको जानकारीअनुसार विष्फोट फ्रान्सेली राष्ट्रपतिको आवासका लागि तोकिएको सुरक्षा घेराभन्दा बाहिर भएको थियो । त्यसैले यसले राष्ट्रपतिको सुरक्षा वा औपचारिक भ्रमण कार्यक्रमलाई कुनै प्रत्यक्ष खतरा नपु¥याएको र कार्यक्रम तय भएकै तालिकाअनुसार सञ्चालन भइरहेको जनाएको छ ।



घटनापछि सुरक्षा निकायले प्रभावित क्षेत्रका सडकहरू बन्द गरेका छन् भने घटनाबारे अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार दुवै विष्फोट इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस अर्थात् घरेलु रूपमा बनाइएका विष्फोटक उपकरणबाट गरिएका थिए । एउटा सडक किनारमा पार्क गरिएको गाडीभित्र राखिएको थियो भने अर्को फोहोर फाल्ने कन्टेनरभित्र लुकाइएको थियो ।

गृह मन्त्रालयले घटनाको वास्तविक परिस्थिति पत्ता लगाउने र जिम्मेवार व्यक्तिहरूको पहिचान गर्ने कार्य जारी रहेको जनाएको छ । एक सुरक्षा अधिकारीले विष्फोट सर्वसाधारणको चहलपहल बढी हुने क्षेत्रमा भएको र यसलाई ‘आपराधिक कार्य’ भनेका छन् । दमास्कसस्थित सुरक्षा विश्लेषक इस्मत अल–अब्सीले विष्फोटको वास्तविक लक्ष्य तत्काल स्पष्ट नभएको बताए ।

उनले भने, ‘म्याक्रोनको सवारी टोली राष्ट्रपति भवनतर्फ जाँदै गर्दा त्यसलाई नै निशाना बनाइएको थियो वा होइन भन्ने यकिन भइसकेको छैन । तर यसको उद्देश्य अशान्ति फैलाउनु र नकारात्मक सन्देश दिनु रहेको देखिन्छ । साथै, सुरक्षा व्यवस्थामा कमजोरी रहेको स्पष्ट छ, जसलाई सुधार गर्न आवश्यक छ ।’ गत साता पनि दमास्कसको मध्यभागस्थित एक क्याफेमा भएको विस्फोटमा कम्तीमा ९ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए, सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले इरानले मध्यस्थमार्फत अमेरिकासमक्ष आफ्ना सन्देश र वार्तासँग सम्बन्धित सर्तहरू पठाइसकेको बताएका छन् । संसद्लाई सम्बोधन गर्दै गालिबाफले युद्धको निर्णायक अन्त्यका लागि प्रयास भइरहेको बताएका हुन् । ‘केही मानिस युद्धको कुरा गर्छन्, तर त्यसको निर्णायक अन्त्यका लागि स्पष्ट दिशा प्रस्तुत गर्दैनन्,’ गालिबाफले भने । उनले यस्तो सोचले वार्ता र कूटनीतिका सबै सम्भावनालाई अस्वीकार ...
। यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणपछि साउदी अरब र इरान–समर्थित हुथी विद्रोहीबीच द्वन्द्व थप तीव्र हुन सक्ने अमेरिकाले शनिबार चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्रालयले सैन्य द्वन्द्व बढ्न सक्ने भन्दै मध्यपूर्वबाहिर रहेका अमेरिकी नागरिकलाई यस क्षेत्रमा भ्रमण वा यात्राबारे गम्भीरतापूर्वक पुनर्विचार गर्न ...
। अमेरिकाले पश्चिम एसियामा रहेका आफ्ना दूतावास र नागरिकहरूका लागि सुरक्षा अलर्ट जारी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले यस क्षेत्रमा बढ्दो तनावबीच मानिसहरूलाई थप सतर्क रहन आग्रह गरेको छ। अमेरिकाले इराक, बहराइन, ओमान, साउदी अरब, इरान, कतार, लेबनान, कुवेत र जोर्डनमा बसोबास गरिरहेका आफ्ना नागरिकहरूलाई सावधान रहन भनेको छ। पश्चिम एसियामा जारी द्वन्द्व तीव्र रूपमा बढ्न ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स उद्योगको विकास र निगरानीका लागि नयाँ ‘एआई जार’ (प्रमुख सल्लाहकार) नियुक्त गर्ने र एआई फोर्स गठन गर्ने घोषणा गरेका छन्। शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लामो पोस्ट लेख्दै ट्रम्पले यो जानकारी दिएका हुन्। उनले एआईलाई अर्को औद्योगिक क्रान्तिको संज्ञा दिँदै यसले देशको आर्थिक वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने ...
। ग्रिनल्यान्डको सुरक्षासम्बन्धी विवाद सुल्झाउन अमेरिका र डेनमार्कबीच एउटा महत्वपूर्ण सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बल प्रयोग गरेर ग्रिनल्यान्ड कब्जा गर्ने धम्की दिएपछि उत्पन्न भएको कूटनीतिक तनावपछि यो सम्झौता सार्वजनिक भएको हो । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले यो सम्झौताले यस क्षेत्रको स्थिरता कायम गर्न सहयोग पुर्‍याउने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम