मुख्य समाचार
पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप
पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप

। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध पुन: ५ दिन म्याद थप भएको छ । विशेष अदालका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार फेरि म्याद थपको आदेश दिएको हो।

पौडेलविरुद्ध आज चौथो पटक अदालतले म्याद थप भएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान जारी छ ।

यसअघि पौडेलपत्नी दोमाया पौडेलले आफ्ना श्रीमान्‌लाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सो रिट असार १८ गते खारेज भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारका विषयमा सरकारसमक्ष गरेका सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको जनाएको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बुधवारको बैठकमा बोल्दै आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन् । उनले आयोगले सरकारसमक्ष गरेका सिफारिसमध्ये १३ प्रतिशत सिफारिस मात्रै पूर्ण रुपमा कार्यान्वयन भएको बताए । उनका अनुसार आयोगका सिफारिसमध्ये ३४ प्रतिशत ...
। सरकारले उखु किसानको भुक्तानी नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रश्न उठाएका छन् । ‘बर्दियाका उखु किसानहरुले डेलिगेशन नै आएर आफूहरूलाई भेटेको संसदलाई जानकारी दिँदै उनले यो विषय एकदम संवेदनशील रहेको भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गरे । उनका अनुसार राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्री प्राइभेट लिमिटेडले २०८२ पुष २२ गते देखि ...
। नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनका लागि गर्नुभएको प्रश्ताव सर्वसम्मतिले पारित भएको हो । त्यसैगरी बैठकमा राष्ट्रिय सभामा उत्पतिभएको पर्यटन विधेयक, २०८२ लाई पनि दफावार छलफलका लागि सम्बन्धित ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् । बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा काकाकुल हुनुपरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । सांसद पाण्डेले मेलम्चीको मुहान क्षेत्र र ड्याम रहेको सुन्दरीजल तथा ...
। सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए । उनी प्रधानमन्त्री कार्यालयको सुशासन महाशाखा हेर्थे । सचिवमा बढुवा भएको दुई वर्षमै उनी मुख्यसचिव बन्न सफल भएका हुन् । भोजपुरका उनी सचिव बनेपछि वाणिज्य ...