। नेपाली पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन् ।
नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको अवस्थामा दुवै पक्षको सहमतिमा पदमुक्त गरिएको निलम्बित एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
‘अब अहिले नेपाली फुटबल पनि निलम्बनको अवस्थामा भएपछि दुवैको सहमतिमा हाल उहाँलाई रिलिज गर्ने निर्णय भएको हो, अब निलम्बन फुकुवा भएपछि नयाँ प्रशिक्षक चयनको प्रक्रिया सुरु हुन्छ’ प्रवक्ता शाहले अनलाइनखबरसँग भने ।
एन्फाले गत फागुन २८ मा इटालीका एरेनालाई आधिकारिक रुपमा मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
फिफाले गत ११ असारमा एन्फालाई निलम्बन गरेको थियो ।