मुख्य समाचार
जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारीलाई जबरजस्ती करणी तथा ठगीको आरोपमा प्रहरीले पक्राउ
जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारीलाई जबरजस्ती करणी तथा ठगीको आरोपमा प्रहरीले पक्राउ

। जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारीलाई जबरजस्ती करणी तथा ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीविरुद्ध परेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेका अनुसार अधिकारीविरुद्ध जबरजस्ती करणी र ठगीसम्बन्धी उजुरी दर्ता भएपछि उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।

प्रहरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका–२ निवासी अधिकारी केही दिनदेखि फरार रहेका थिए।
खोजतलासका क्रममा उनलाई मंगलबार दिउँसो महादेवापट्टी क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारका विषयमा सरकारसमक्ष गरेका सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको जनाएको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बुधवारको बैठकमा बोल्दै आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन् । उनले आयोगले सरकारसमक्ष गरेका सिफारिसमध्ये १३ प्रतिशत सिफारिस मात्रै पूर्ण रुपमा कार्यान्वयन भएको बताए । उनका अनुसार आयोगका सिफारिसमध्ये ३४ प्रतिशत ...
। सरकारले उखु किसानको भुक्तानी नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रश्न उठाएका छन् । ‘बर्दियाका उखु किसानहरुले डेलिगेशन नै आएर आफूहरूलाई भेटेको संसदलाई जानकारी दिँदै उनले यो विषय एकदम संवेदनशील रहेको भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गरे । उनका अनुसार राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्री प्राइभेट लिमिटेडले २०८२ पुष २२ गते देखि ...
। नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनका लागि गर्नुभएको प्रश्ताव सर्वसम्मतिले पारित भएको हो । त्यसैगरी बैठकमा राष्ट्रिय सभामा उत्पतिभएको पर्यटन विधेयक, २०८२ लाई पनि दफावार छलफलका लागि सम्बन्धित ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् । बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा काकाकुल हुनुपरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । सांसद पाण्डेले मेलम्चीको मुहान क्षेत्र र ड्याम रहेको सुन्दरीजल तथा ...
। सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए । उनी प्रधानमन्त्री कार्यालयको सुशासन महाशाखा हेर्थे । सचिवमा बढुवा भएको दुई वर्षमै उनी मुख्यसचिव बन्न सफल भएका हुन् । भोजपुरका उनी सचिव बनेपछि वाणिज्य ...