मुख्य समाचार
बिपी राजमार्गमा यस वर्षको मनसुनमा सवारीसाधनलाई पुरानै ट्रयाकबाट सञ्चालन गर्ने तयारी
बिपी राजमार्गमा यस वर्षको मनसुनमा सवारीसाधनलाई पुरानै ट्रयाकबाट सञ्चालन गर्ने तयारी

। २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको बिपी राजमार्गमा यस वर्षको मनसुनमा सवारीसाधनलाई पुरानै ट्रयाकबाट सञ्चालन गर्ने तयारी गरिएको छ।

बाढीले क्षति पुर्‍याएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएकोमा जोखिमयुक्त स्थानमा संरक्षण पर्खाल निर्माणको कामले गति लिएसँगै वर्षायामभर पुरानै स्थानबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको हो ।

अहिले सामान्य वर्षा वा सानो बाढी आउँदा डाइभर्सनबाटै सडक प्रयोग गरिनेछ भने ठूलो बाढी आएर डाइभर्सन बगाएको खण्डमा साविककै सडकमार्गबाट सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइने सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख एवम् सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।

विशेषगरी चौकीडाँडा, घुमाउनेको आधा भाग, चारसयबेँसी, गिम्दीबेँसी, बोक्सीकुना, कालढुङ्गा र पिप्लेलगायतका जोखिमयुक्त क्षेत्रमा आवश्यक संरचना निर्माण अन्तिम चरणमा पुगेको तथा चिउरीबास, डालाबेशींलगायतका स्थानमा धमाधम काम भइरहेको उनले बताए।

त्यस्तै, राजमार्गको सिन्धुली खण्डको आँपघारी र नेपालथोक खण्डमा समेत पुरानै स्थानबाट सवारी चलाउन सकिने सडक विभागले जनाएको छ।

बाढीले भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब २९ किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसयता पुनर्निर्माणका लागि विभिन्न खण्डमा विभाजन गरी ठेक्कामार्फत काम भइरहेको छ।

सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार काभ्रेपलाञ्चोकतर्फ तीनवटा ठेक्का प्याकेजमार्फत पुनर्निर्माण भइरहेको छ भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा बन्ने एक खण्डको काम वर्षायामपछि सुरु हुनेछ। तीनवटा ठेक्का प्याकेजमार्फत भइरहेको काम हालसम्म ३४ प्रतिशत सकिएको छ।

‘पहिचान गरिएका १० जोखिमयुक्त स्थानमध्ये ७ स्थानमा सवारी सञ्चालन गर्न मिल्ने अवस्था बनिसकेको छ,’ योगेशले भने, ‘वर्षाअघि साविकको सडकमार्ग सञ्चालनका लागि आवश्यक पर्ने करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी स्थानमा पनि तीव्र गतिमा काम भइरहेको छ।’



काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख रविन कार्की, सशस्त्र प्रहरी १५ नम्बर गणका डिएसपी विनोद थापालगायतको सुरक्षा समिति र सडक डिभिजन कार्यालय भक्तपुरको संयुक्त टोलीले पुनर्निर्माण भइरहेको सडकखण्डको स्थलगत अनुगमन गरेको छ।

टोलीले वर्षा सुरु हुनुअघि आवश्यक सबै काम सम्पन्न गरी पुरानै स्थानबाट सवारी सञ्चालन सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

अनुगमनका क्रममा बाढीले क्षति पुर्‍याएका स्थानमा संरक्षण पर्खाल निर्माण भइसकेकाले वर्षाको समयमा पुरानै मार्गबाट सवारी सञ्चालन गर्ने आधार तयार देखिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए। ‘वर्षायाम सुरु भइसकेको छ। केही स्थानमा केही काम बाँकी देखिएकाले समयमै पूरा गर्न सडक डिभिजन र निर्माण कम्पनीलाई निर्देशन दिएका छौँ,’ उनले भने।

कुन खण्डमा कति लागतमा हुँदैछ काम ?

सडक डिभिजन भक्तपुरका अनुसार राजमार्गको १ नम्बर पुलदेखि चारसयबेँसीसम्मको ११ किलोमिटर सडक खानी–एवान–कमलजीत जेभीले एक अर्ब ३३ करोड रुपैयाँमा पुनर्निर्माण गरिरहेको छ।

यसैगरी, चारसयबेँसीदेखि डालाबेँसीसम्मको ८.५ किलोमिटर सडक लामा–नव कान्तिपुर जेभीले एक अर्ब ४२ करोड रुपैयाँमा र डालाबेँसीदेखि पिप्लेको सुक्खा पहिरोसम्मको २.३ किलोमिटर सडक पुनर्निर्माण उमा एन्ड कम्पनी–भण्डारी अमरज्योति जेभीले ६८ करोड ८० लाख रुपैयाँमा गरिरहेको छ ।

पिप्लेको सुक्खा पहिरोदेखि काभ्रे र सिन्धुलीको सिमाना बर्खेखोलासम्मको ३.२ किलोमिटर सडक भने जापान सरकारको सहयोगमा पुनर्निर्माण हुने भएको छ। यसका लागि सिमिजु कर्पोरेसनसँग गत वैशाखमै सम्झौता भइसकेको छ। करिब दुई अर्ब ६० करोड रुपैयाँ लागतको यो आयोजना वर्षायामपछि निर्माण चरणमा प्रवेश गर्ने सडक डिभिजनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। खैरो हेराइनसहित ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मंगलबारेकी इन्स्पेक्टर निकिता मिश्राको कमाण्डमा खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो । रोशी गाउँपालिका–९ मंगलटारमा बागमती प्रदेश ०१–०३४ च ६५९४ नम्बरको कारमा सवार २० वर्षीया युवती रितु जैसीसहित पाँच जना पक्राउ परेका हुन्। जैसीले कम्मरमा बाँधेको ज्याकेटको गोजीबाट ६०.०६ ग्राम खैरो हेरोइन बरामद भएको ...
। नेपाली कांग्रेसले विभाग गठन नगर्ने भएको छ । केन्द्रदेखि तल्लो तहसम्म विषयगत विभाग गठन गर्ने विगतको परम्परालाई कांग्रेसले हटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नै विभागले गर्ने कार्यहरु गर्ने सभापति गगन थापाले जानकारी गराए । उपसभापति शर्मा नेतृत्वमा रहेको प्रतिष्ठानले विषयगत क्षेत्रहरु तोकेर उपसंयोजकहरु तोकेको छ । पार्टीले ...
। प्रतिनिधिसभामा रहेका दुई वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव राखेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले सरकारले जनताका सामान्य समस्यामा पनि ध्यान दिनुपर्ने आग्रह गरेकी छन् । प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले वर्तमान सरकारले १०० दिन पार गरेको स्मरण गरिन् । उनले भनिन्, ‘सरकार गठन भएको सय दिन पूरा भएको छ । सरकारले सुशासन र प्रभावकारी सार्वजनिक सेवामा ध्यान केन्द्रीत रहेको सन्देश दिन सफल भएको ...
। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय दिनमा सरकारमा अधिनायकवादी र सर्वसत्तावादी प्रतिबिम्ब देखिएको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै अर्यालले नयाँ सरकार बनेसँगै देशको राजनीतिक संस्कार, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिक स्वतन्त्रता सङ्कटमा परेको समेत आरोप लगाइन् । उनले सरकार राष्ट्रिय हितका सवालमा गम्भीर रूपमा चुकेको र ...