मुख्य समाचार
सरकारले उखु किसानको भुक्तानी नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रश्न
सरकारले उखु किसानको भुक्तानी नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रश्न

। सरकारले उखु किसानको भुक्तानी नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रश्न उठाएका छन् ।

‘बर्दियाका उखु किसानहरुले डेलिगेशन नै आएर आफूहरूलाई भेटेको संसदलाई जानकारी दिँदै उनले यो विषय एकदम संवेदनशील रहेको भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गरे । उनका अनुसार राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्री प्राइभेट लिमिटेडले २०८२ पुष २२ गते देखि चैत १२ सम्म गते सम्म किसानहरुसँग लाखौं क्विन्टल उखु खरीद गरेको छ ।

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ बदालपुरका किसानको उखु खरीद गरेको हो । उखु किसानहरुले कम्पनीबाट पाउनुपर्ने प्रति क्विन्टल ६२० को दरले हुन आउने सम्पूर्ण रकम कम्पनीले भुक्तानी गरिसकेको छ ।

तर, नेपाल सरकारले उखु खेती गर्ने किसानहरुलाई उखु कृषक अनुदान बापतको प्रति क्विन्टल उखुको ७० का दरले दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नमा ढिलाइ भएको उनले बताए । यसप्रति आम किसानको चिन्ता रहेको भन्दै उनले थपे, ‘मन्त्रालय आफै उक्त रकम भुक्तानी गर्नमा आनाकानी गरिरहेको देख्न आएको छ ।’

उक्त रकम भुक्तानीका लागि पहल गरी यथाशीघ्र किसानको रकम निकासा गर्न उनले सरकारको ध्यानाकर्षण गरे । साथसाथै मधेश लगायत देशभर अहिले प्रमुख बाली धान र रोपाई चलिरहेको स्मरण गरे ।

‘मलको अभावले किसान आक्रान्त बनेका छन्’ उनले भनेका छन्, ‘सरकारी कागजमा सबै सहज जस्तो देखिए पनि व्यवहारमा केही पनि नगरेको देखिएको छ । यस्ता अत्यावश्यक विषयमा गम्भीर हुन आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। खैरो हेराइनसहित ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मंगलबारेकी इन्स्पेक्टर निकिता मिश्राको कमाण्डमा खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो । रोशी गाउँपालिका–९ मंगलटारमा बागमती प्रदेश ०१–०३४ च ६५९४ नम्बरको कारमा सवार २० वर्षीया युवती रितु जैसीसहित पाँच जना पक्राउ परेका हुन्। जैसीले कम्मरमा बाँधेको ज्याकेटको गोजीबाट ६०.०६ ग्राम खैरो हेरोइन बरामद भएको ...
। नेपाली कांग्रेसले विभाग गठन नगर्ने भएको छ । केन्द्रदेखि तल्लो तहसम्म विषयगत विभाग गठन गर्ने विगतको परम्परालाई कांग्रेसले हटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नै विभागले गर्ने कार्यहरु गर्ने सभापति गगन थापाले जानकारी गराए । उपसभापति शर्मा नेतृत्वमा रहेको प्रतिष्ठानले विषयगत क्षेत्रहरु तोकेर उपसंयोजकहरु तोकेको छ । पार्टीले ...
। प्रतिनिधिसभामा रहेका दुई वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव राखेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले सरकारले जनताका सामान्य समस्यामा पनि ध्यान दिनुपर्ने आग्रह गरेकी छन् । प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले वर्तमान सरकारले १०० दिन पार गरेको स्मरण गरिन् । उनले भनिन्, ‘सरकार गठन भएको सय दिन पूरा भएको छ । सरकारले सुशासन र प्रभावकारी सार्वजनिक सेवामा ध्यान केन्द्रीत रहेको सन्देश दिन सफल भएको ...
। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय दिनमा सरकारमा अधिनायकवादी र सर्वसत्तावादी प्रतिबिम्ब देखिएको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै अर्यालले नयाँ सरकार बनेसँगै देशको राजनीतिक संस्कार, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिक स्वतन्त्रता सङ्कटमा परेको समेत आरोप लगाइन् । उनले सरकार राष्ट्रिय हितका सवालमा गम्भीर रूपमा चुकेको र ...