मुख्य समाचार
पार्टीमा मेलमिलाप नभए संस्थापन इतर पक्षले आफै १५ औं महाधिवेशन गर्नुपर्ने बताए
पार्टीमा मेलमिलाप नभए संस्थापन इतर पक्षले आफै १५ औं महाधिवेशन गर्नुपर्ने बताए

। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीमा मेलमिलाप नभए संस्थापन इतर पक्षले आफै १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् । चुनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबार चलिरहेको इतर पक्षको बैठकमा बोल्दै निधिले यस्तो प्रस्ताव राखेका हुन् ।

‘पार्टीमा मेलमिलाप भएन भने राष्ट्रिय भेलापछि हामीले १५ औँ महाधिवेशन गर्नुपर्छ,’ नेता निधिले भने, ‘राष्ट्रिय भेलाअघि दुईवटा कुराको टुंगो लाग्न जरुरी छ । पहिलो–हामीमध्ये कसले नेतृत्व गर्ने । दोस्रो–हामी भएनौं भने युवाबाट कसले नेतृत्व गर्ने ।’

दुवै कुरामा आफू तयार रहेको उनले बताए । ‘म दुवै कुरामा सहमत छु । हामीमध्ये कसैले नेतृत्व लिनुपर्छ भने पनि तयार छु । हामी बाहेक कोही अर्को व्यक्तिले नेतृत्व लिनुहुन्छ भने पनि तयार छु,’ उनले भने ।

जारी बैठकबाटै राष्ट्रिय भेलाको मिति तोकिनुपर्नेदेखि नयाँ दल खोलेर अघि बढ्नुपर्ने विषय उठ्दैआएको पनि उनले स्मरण गराए । उनले अगाडि भने, ‘राष्ट्रिय भेलाको मिति हामी छलफल गरेर तपाईँहरूलाई खबर गरौंला । तर, भेलाको तयारी व्यापक हुनुपर्छ ।’

६ साउन गते प्रतिनिधिले खटिएको क्षेत्रमा बीपी स्मृति दिवस मनाउन उनले आग्रह गरे । ‘त्यसपछि एक हप्ता क्षेत्रमै बस्नुहोला । बसाइका क्रममा राष्ट्रिय भेलाको तयारी गर्नुहोला,’ इतर पक्षीय नेतासँग उनले भने, ‘प्रतिनिधि जानलाई १६५ जना तयार हुनुपर्छ । चुनदेवीको सन्देश क्षेत्रमा जानु महत्वपूर्ण कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अटिजममा आधारित नमूना विद्यालय स्थापना तथा सञ्चालन एवं व्यवस्थापन गर्ने सन्दर्भमा अवधारणापत्र तयारीका लागि गठित प्राविधिक समितिले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ । मन्त्रालयले गठन गरेको प्राविधिक समितिले करिब तीन महिनाको अध्ययनपछि तयार गरेको प्रतिवेदन आज मन्त्री पोखरेललाई हस्तान्तरण गरेको हो । सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठको संयोजकत्वमा ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्री–प्रधानमन्त्रीका विरुद्ध चुइक्क नबोल्न आग्रह गर्दै नत्र झ्यालखाना जानुपर्ने टिप्पणी गरेका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकारप्रति कटाक्ष गर्दै मन्त्री–प्रधानमन्त्रीविरुद्ध चुइक्क नबोल्न, नलेख्न भन्दै नत्र झ्यालखाना जानु पर्ने बरु आफूहरुलाई नै गाली गर्न ...
। नेपाली कांग्रेसले संविधानका आधारभूत सिद्धान्तमा कुनै सम्झौता नगर्ने स्पष्ट अडान दोहोर्‍याएको छ । सानेपामा बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा सभापति गगन थापाले संविधानबारे पार्टीको धारणा प्रष्ट्याएका हुन् । ‘संविधानका आधारभूत विषय लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली बहुजातीयता बहुधार्मिकता बहुसांस्कृतिक विशेषता समानुपातिक समावेशी प्रतिनिधित्वलगायतको विषयमा नेपाली कांग्रेस पार्टीले कुनै पनि सम्झौता ...
। गृहमन्त्रालयको मान्छे भन्दै प्रहरीलाई धम्की दिने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको चिङगाड गाउँपालिका–६ घर भएका ३२ वर्षीय कुलवीर नेपाली छन् । कीर्तिपुर बस्दै आएका उनले प्रहरीलाई आफू गृह मन्त्रालयको मान्छे भन्दै काम गर्न नसके सरुवा गरिदिने भन्दै धम्की दिएको आरोप छ । बिहीबार माइतीघरबाट पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ ...
। सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने गरी ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद्मा अघि बढाएको छ । संसद्मा जारी सैद्धान्तिक छलफलका क्रममा उक्त विधेयकको औचित्य पुष्टि गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कार्यक्षमता र समन्वयका लागि आवश्यक रहेको जिकिर गरिन् । विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको ...