मुख्य समाचार
इरानसँगको तनाव पुनः चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि
इरानसँगको तनाव पुनः चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि

: इरानसँगको तनाव पुनः चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी समाप्त भएको घोषणा गरेपछि मूल्य उकालो लागेको हो।

अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ डलर ८२ सेन्टले बढेर ७७ डलर ९८ सेन्ट पुगेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा ५.१५ प्रतिशतले बढी हो। त्यसैगरी, न्यूयोर्कस्थित बजारमा वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य पनि ३ डलर ७० सेन्टले बढेर प्रतिब्यारेल ७४ डलर १४ सेन्ट पुगेको छ, जसमा ५.२५ प्रतिशतको वृद्धि भएको छ। यो मूल्य दुवै सूचकका लागि जुन २३ यताकै उच्च स्तर मानिएको छ।

अमेरिकाले इरानी कच्चा तेल बिक्रीको अनुमति दिने सामान्य इजाजतपत्र रद्द गरेपछि मंगलबार पनि तेलको मूल्य करिब ३ प्रतिशतले बढेको थियो।त्यसपछि ट्रम्पले इरानसँग थप वार्ताको सम्भावना नरहेको बताएपछि बजारमा अनिश्चितता झन् बढेको हाे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्ड (कम्पनी) को ग्यास सिलिन्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन् । यससँगै काठमाडौं उपत्यकाका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन् । यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ...
: आफूसँग भएका जहाजसमेत पूर्णक्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लिजमा जहाज थप्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। निगमका ५ चिनियाँ जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन् , एउटा ट्विनअटर लामो समयदेखि ग्राउन्डेड छ भने अन्तर्राष्ट्रिय उडानका चारमध्ये एउटा वाइडबडी इटालीमा मर्मतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्थाअनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले तीनवटा ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरोकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो । सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई दुई लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ । यस्तै, महिला उद्यमी समूहलाई तीन लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ । महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोगसहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने ...
। भदौ १० मा आएको रसुवा बाढीका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको अनुमान छ । बैंकले बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि ३.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको हो । विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनअनुसार, पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि सुरु हुँदा आर्थिक क्रियाकलापमा टेवा पुग्ने अनुमान गरिएको छ ...