मुख्य समाचार
आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिइएको बताए
आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिइएको बताए

: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिइएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले विधुतको उत्पादनमा मात्र ध्यान नदिई माग बढाउनेतर्फ योजनाबद्ध रूपमा लाग्नुपर्ने आवश्यकता रहेको भन्दै आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिइएको बताएका हुन्।

उनले विद्युत उत्पादनलाई समेत प्राथमिकतामा राख्दै ग्रीडमा थपिँदै गएको नयाँ क्षमतालाई दीर्घकालीन रूपमा व्यवस्थापन र खपत गर्ने भन्नेबारे मन्त्रालय गम्भीर रहेको धारणा राखे। विद्युत आपूर्तिमा अवरोध र बारम्बार बत्ती जाने समस्या देखिने गरेकाले मजबुत र भरपर्दो व्यवस्थापन गर्न आफूले निर्देशन दिएको उनले बताए।

मन्त्री श्रेष्ठले भारत र बाङ्गलादेशमात्रै नभइ भविष्यमा म्यानमार र थाइल्याण्ड जस्ता पूर्वी एसियाली बजारहरूसम्म पनि नेपाली विद्युत पुर्‍याउने सोच राखिएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अटिजममा आधारित नमूना विद्यालय स्थापना तथा सञ्चालन एवं व्यवस्थापन गर्ने सन्दर्भमा अवधारणापत्र तयारीका लागि गठित प्राविधिक समितिले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ । मन्त्रालयले गठन गरेको प्राविधिक समितिले करिब तीन महिनाको अध्ययनपछि तयार गरेको प्रतिवेदन आज मन्त्री पोखरेललाई हस्तान्तरण गरेको हो । सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठको संयोजकत्वमा ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्री–प्रधानमन्त्रीका विरुद्ध चुइक्क नबोल्न आग्रह गर्दै नत्र झ्यालखाना जानुपर्ने टिप्पणी गरेका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकारप्रति कटाक्ष गर्दै मन्त्री–प्रधानमन्त्रीविरुद्ध चुइक्क नबोल्न, नलेख्न भन्दै नत्र झ्यालखाना जानु पर्ने बरु आफूहरुलाई नै गाली गर्न ...
। नेपाली कांग्रेसले संविधानका आधारभूत सिद्धान्तमा कुनै सम्झौता नगर्ने स्पष्ट अडान दोहोर्‍याएको छ । सानेपामा बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा सभापति गगन थापाले संविधानबारे पार्टीको धारणा प्रष्ट्याएका हुन् । ‘संविधानका आधारभूत विषय लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली बहुजातीयता बहुधार्मिकता बहुसांस्कृतिक विशेषता समानुपातिक समावेशी प्रतिनिधित्वलगायतको विषयमा नेपाली कांग्रेस पार्टीले कुनै पनि सम्झौता ...
। गृहमन्त्रालयको मान्छे भन्दै प्रहरीलाई धम्की दिने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको चिङगाड गाउँपालिका–६ घर भएका ३२ वर्षीय कुलवीर नेपाली छन् । कीर्तिपुर बस्दै आएका उनले प्रहरीलाई आफू गृह मन्त्रालयको मान्छे भन्दै काम गर्न नसके सरुवा गरिदिने भन्दै धम्की दिएको आरोप छ । बिहीबार माइतीघरबाट पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ ...
। सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने गरी ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद्मा अघि बढाएको छ । संसद्मा जारी सैद्धान्तिक छलफलका क्रममा उक्त विधेयकको औचित्य पुष्टि गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कार्यक्षमता र समन्वयका लागि आवश्यक रहेको जिकिर गरिन् । विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको ...