मुख्य समाचार
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ

: सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकल तथा निजी अस्पतालतर्फ पठाई अवैध कमिसनको चलखेल भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक बबिन राईले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सस्तो मूल्यमा औषधि मिलाइदिने तथा निजी अस्पतालमा सहज उपचार गराइदिने भन्दै प्रलोभनमा पारेर आर्थिक चलखेल गर्ने गिरोह सक्रिय रहेको भन्ने जनगुनासोपछि प्रहरीले विशेष निगरानी बढाइ उनीहरूलाई पक्राउ गरिएको बताए।

प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि त्यस्ता गतिविधिमा संलग्न रहेको अवस्थामा प्रहरी टोलीले १२ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा सर्लाही अर्नीसाइर कृष्णासवरण गाउँपालिका–३ निवासी ३७ वर्षीय रञ्जित कुमार चौधरी, सर्लाही राजविराज नगरपालिका–६ निवासी २७ वर्षीया रबिना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ निवासी ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ निवासी २० वर्षीय सागर पोखरेल, मोरङ लेटाङ–३ निवासी २९ वर्षीय सानिम किराती रहेका छन् । त्यस्तै, धरान–६ निवासी २३ वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी–५ निवासी ४० वर्षीय उमेश कुमार चौधरी, धरान–१७ निवासी ३५ वर्षीय धिरोज निरौला, इटहरी–२ निवासी ३२ वर्षीय रोहित मेहता, धरान–११ निवासी १८ वर्षीय विनोद भण्डारी रहेको प्रहरी निरीक्षक राईले बताए।



यसअघि पनि प्रहरीले प्रतिष्ठानबाट बिरामीलाई निजी अस्पताल पठाउने कार्यमा संलग्न रहेको आशंकामा झापाको दमक नगरपालिका–१ कुमालचोक निवासी ४३ वर्षीय प्रविण पोखरेल र सुनसरीको हरिनगरा गाउँपालिका–४ निवासी २७ वर्षीय दीपक रामलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खडकाले बताए।

पक्राउ परेका दीपक रामले बोकेको छालाको पर्सबाट विराटनगरस्थित आर्या न्यूरो अस्पतालका दुई थान भिजिटिङ कार्ड बरामद गरिएको छ भने उनीहरूको मोबाइल फोनबाट विभिन्न सरकारी अस्पतालका बिरामीहरूको प्रेस्क्रिप्सन,डिस्चार्ज कागजातका तस्बिर,बिरामीको नाम, उमेर, रोगको विवरण विभिन्न व्यक्तिलाई पठाइएको सन्देश तथा एम्बुलेन्स चालकहरूको नाम र सम्पर्क नम्बर उल्लेख भएका कागजात समेत फेला परेको डिएसपी खडकाले बताए। प्रहरीले बरामद भएका प्रमाणका आधारमा प्रतिष्ठानबाट बिरामीलाई निजी अस्पताल तथा मेडिकलसम्म पुर्‍याउने सम्भावित बिचौलिया सञ्जाल, एम्बुलेन्स चालक र अन्य व्यक्तिहरूको संलग्नताबारे समेत अनुसन्धान तीव्र पारेको जनाएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई आर्थिक प्रलोभन देखाइ निजी मेडिकल तथा अस्पतालतर्फ लैजाने बिचौलियाको गतिविधिबारे लामो समयदेखि गुनासो उठ्दै आएको थियो। केहिदिन अगाडि प्रतिष्ठानको निरीक्षणमा आएका गृहमन्त्री गुरुङको निर्देशनमा प्रहरीले बिचौलिया पक्राउ गरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । ...
। १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम