मुख्य समाचार
मानवअधिकार आयोगले सुकुमवासीको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन
मानवअधिकार आयोगले सुकुमवासीको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन

। मानवअधिकार आयोगले सुकुमवासीको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन गरेको छ ।

बिहीबार आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले प्रेस विज्ञप्ति जारी गरेर सुकुमवासीहरूको मानव अधिकार अवस्था जोखिममा पर्ने कार्य नगर्न सरकारलाई निर्देशन दिइएको जनाएका छन् ।

विज्ञप्तिमा सरकारले वैशाख १२ गतेदेखि काठमाडौंका विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुमवासीका घरटहरा हटाएर होल्डिङ सेन्टरमा राखेको र अहिले त्यहाँबाट पनि हटाउने तयारी गरेको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

बस्तीबाट हटाएको मितिदेखि सुकुमवासीको अवस्थाबारे आयोगले अनुगमन गरिरहेको पनि भनेको छ ।

पछिल्लो अनुगमनबाट सूचना टाँस गरी ५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न लगाएको, सो अवधि व्यतित भएपछि पुन: थप ७ दिनको समयावधि तोकिएको लगायतका तथ्य पाइएको विज्ञप्तिमा उल्लेख छ ।

‘राज्यका कार्यकारी निकायहरूबाट बिना विकल्प होल्डिङ सेन्टरबाट हट्न अल्टिमेटम दिने, सेन्टरबाट हटाउने, खानाको पर्याप्त प्रबन्ध नगर्ने, विशेषत: उनीहरूका आर्थिक, सामाजिक, सांस्कृतिक र नागरिक अधिकारप्रति सरकारका निकायहरूबाट अभिभावकत्व ग्रहण नगर्नेलगायतका अवस्था देखिएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

जसले सुकुमवासीहरूको आवासको अधिकार सम्बन्धी ऐन, २०७५ को दफा २ र ५, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा २५–१, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार विषयक अनुबन्ध १९६६ को धारा ११, बालअधिकार सम्बन्धी महासन्धि, १९८९ को धारा २७ लगायतका व्यवस्थामा गम्भीर संकट उत्पन्न भएको आयोगले ठहर गरेको छ ।

वैकल्पिक व्यवस्था मिलाएर मात्र सुकुमवासी व्यवस्थापन गर्ने सन्दर्भमा आयोगले २०६६ देखि २०८३ वैशाख २५ सम्म सात पठक सरकारका निकायमा पत्राचार गरेको विषय पनि विज्ञप्तिमार्फत स्मरण गराएको छ ।

‘अत: सुकुमवासीहरूको कुनै पनि मानव अधिकार अवस्था जोखिममा पर्ने कार्य नगर्न र उनीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,’ आयोगले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं वार्षिक प्रतिवेदनमा प्रतिनिधि सभामा पेश गरिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त प्रतिवेदन पेश गरेकी हुन् । त्यसैगरी सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ पनि पेश गरिएको छ । उक्त वार्षिक प्रतिवेदन पनि प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय ...
। काठमाडौं उपत्यकाको वायु प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले बुधबार सवारीसाधनको प्रदूषण परीक्षण गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले गरेको छड्के जाँचमा आधाभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । विभागका अनुसार बबरमहलस्थित सडक विभाग अगाडि गरिएको परीक्षणमा जम्मा ३८ वटा सवारीसाधन जाँच गरिएको थियो । ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले रासायनिक मलको उपलब्धताको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । आफू भर्खरै सुदूरपश्चिमका किसानहरुसँग भेटेर काठमाडौँ आइपुगेको उल्लेख गर्दै उनले भने, ‘त्यहाँ किसानका समस्या उस्तै छन्– सिंचाइ छैन, लगानी गर्ने पैसा छैन, उन्नत बिउ र मल छैन । प्रविधि सिकाउने प्राविधिक छैनन्, उत्पादन बेच्ने भरपर्दो बजार छैन ।’ बिहीबार प्रतिनिधिसभाको बैठकमा ...
। प्रहरी हेडक्वाटरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी कर्मचारीहरूको सरुवा नियमित प्रशासनिक काम रहेको बताएको छ । बिहीबार नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले यसबारे विज्ञप्ति निकाल्दै उक्त सरुवाबारे प्रष्ट्याएका हुन् । केही दिनअघि मात्रै अख्तियारको टंगालस्थित कार्यालयमा कार्यरत डीआईजीसहित १८ प्रहरीको सरुवा भएको थियो । प्रहरीको सरुवा भएपछि केही सञ्चार माध्यमहरुले राहदानी ...
। त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्ने तयारी भइरहेको छ । प्लास्टिक सर्जन डा. ...