मुख्य समाचार
२०१३ सालदेखिका अर्थ सम्बन्धी एक भन्दा धेरै ऐनमा संशोधन गर्दै
२०१३ सालदेखिका अर्थ सम्बन्धी एक भन्दा धेरै ऐनमा संशोधन गर्दै

। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ ल्याएका छन् ।

हालै प्रतिनिधिसभामा दर्ता भएको यो विधेयकले २०१३ सालदेखिका अर्थ सम्बन्धी एक भन्दा धेरै ऐनमा संशोधन गर्दैछ ।

प्रादेशिक विकास योजनाहरु (कार्यान्वित गर्ने) ऐन २०१३, नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२, वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७० खारेज गर्न तथा मूल्य अभिवृद्धि कर ऐन २०५२, आयकर ऐन २०५८ र भन्सार ऐन २०८२ मा संशोधन गर्ने गरी विधेयक आएको हो ।

डा. वाग्लेका अनुसार नेपालको संविधानको मर्म र भावना अनुकूल नभएका तथा वर्तमान संघीय शासन संरचनाको सन्दर्भमा असान्दर्भिक देखिएका कानुनी तथा संस्थागत प्रावधानहरू खारेज गर्न लागिएको हो । साथै, कानूनी दोहोरोपना अन्त्य गर्ने तथा कम समय र लागतमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्य रहेको पनि उनले बताएका छन् ।


‘कानुनी जटिलता तथा दोहोरपना हटाई कानुन कार्यान्वयनको क्रममा देखिएका व्यवहारिक समस्या, अस्पष्ट प्रावधान तथा समयानुकुल सुधारको आवश्यकतालाई सम्बोधन गर्न अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न आवश्यक भएको’ डा. वाग्लेले विधेयकमै लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं उपत्यकाको वायु प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले बुधबार सवारीसाधनको प्रदूषण परीक्षण गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले गरेको छड्के जाँचमा आधाभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । विभागका अनुसार बबरमहलस्थित सडक विभाग अगाडि गरिएको परीक्षणमा जम्मा ३८ वटा सवारीसाधन जाँच गरिएको थियो । ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले रासायनिक मलको उपलब्धताको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । आफू भर्खरै सुदूरपश्चिमका किसानहरुसँग भेटेर काठमाडौँ आइपुगेको उल्लेख गर्दै उनले भने, ‘त्यहाँ किसानका समस्या उस्तै छन्– सिंचाइ छैन, लगानी गर्ने पैसा छैन, उन्नत बिउ र मल छैन । प्रविधि सिकाउने प्राविधिक छैनन्, उत्पादन बेच्ने भरपर्दो बजार छैन ।’ बिहीबार प्रतिनिधिसभाको बैठकमा ...
। प्रहरी हेडक्वाटरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी कर्मचारीहरूको सरुवा नियमित प्रशासनिक काम रहेको बताएको छ । बिहीबार नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले यसबारे विज्ञप्ति निकाल्दै उक्त सरुवाबारे प्रष्ट्याएका हुन् । केही दिनअघि मात्रै अख्तियारको टंगालस्थित कार्यालयमा कार्यरत डीआईजीसहित १८ प्रहरीको सरुवा भएको थियो । प्रहरीको सरुवा भएपछि केही सञ्चार माध्यमहरुले राहदानी ...
। त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्ने तयारी भइरहेको छ । प्लास्टिक सर्जन डा. ...
। चालु आर्थिक वर्ष अन्तिम साता प्रवेश गर्नै लाग्दा सरकारले भुक्तानीको गति ह्वात्तै बढाएको छ । बुधबार एकदिनमै १७ अर्ब ९ करोड रुपैयाँ बराबर भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकबाट देखिएको छ । कानुन अनुसार आज सरकारले गर्ने भुक्तानीको चेक काटिसक्नुपर्छ । सोहीकारण अहिले भुक्तानी प्रणालीमा जाम हुने समस्या आएको छ । स्थानीय तहले सञ्चालन गर्ने सूत्र ...