। गृहमन्त्रालयको मान्छे भन्दै प्रहरीलाई धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेतको चिङगाड गाउँपालिका–६ घर भएका ३२ वर्षीय कुलवीर नेपाली छन् ।
कीर्तिपुर बस्दै आएका उनले प्रहरीलाई आफू गृह मन्त्रालयको मान्छे भन्दै काम गर्न नसके सरुवा गरिदिने भन्दै धम्की दिएको आरोप छ ।
बिहीबार माइतीघरबाट पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।