मुख्य समाचार
ओलीले मन्त्री–प्रधानमन्त्रीका विरुद्ध चुइक्क नबोल्न आग्रह गर्दै नत्र झ्यालखाना जानुपर्ने टिप्पणी गरे
ओलीले मन्त्री–प्रधानमन्त्रीका विरुद्ध चुइक्क नबोल्न आग्रह गर्दै नत्र झ्यालखाना जानुपर्ने टिप्पणी गरे

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्री–प्रधानमन्त्रीका विरुद्ध चुइक्क नबोल्न आग्रह गर्दै नत्र झ्यालखाना जानुपर्ने टिप्पणी गरेका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकारप्रति कटाक्ष गर्दै मन्त्री–प्रधानमन्त्रीविरुद्ध चुइक्क नबोल्न, नलेख्न भन्दै नत्र झ्यालखाना जानु पर्ने बरु आफूहरुलाई नै गाली गर्न भन्दै सरकारविरुद्ध कटाक्ष गरेका हुन् ।

उनले भने, ‘मन्त्री प्रधानमन्त्रीका विरुद्ध नलेख्नु होला, नबोल्नु होला, प्रशारण गर्दा होस् पुर्‍याउनु होला । नत्र झ्यालखाना जानु पर्ला, बरु हामीलाई गाली गर्नुहोला ।’ उनले सरकारलाई दिने नम्ब नभएको बताउँदै कति नम्बर दिनु पर्ने हो आफै दिन समेत नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । उनले आफूहरुलाई जति गाली गर्न पनि पाइने बताउँदै सरकारलाई गाली गर्न नपाइने टिप्पणी गरेका छन् ।

कार्यक्रममा अध्यक्ष ओलीले सय दिनमा सरकारले जनतालाई रुवाउने बाहेक खुशी हुने कुनै काम नगरेको टिप्पणी गरेका हुन् । उनले देशमा खुशी हुनका लागि राति अबेरसम्म विश्वकप फुटबल खेल हेर्नुको विकल्प नरहेको बताए । सरकारलाई भाडोमा उम्लिएको दूधसँग तुलना गर्दै अध्यक्ष ओलीले सरकारको खुट्टा भुइँमा नभएको र कर्तव्यबोध शून्य रहेको बताए ।

उनले प्रधानमन्त्री वा मन्त्रीविरुद्ध बोलेमा वा जेल जानुपर्ने स्थिति सिर्जना भएको भन्दै झुक्किएर पनि उनीहरुका बारेमा नबोल्न सुझाव दिएका हुन् । उनले सरकारलाई कति नम्बर दिने भन्ने कुरा जनता र सञ्चारमाध्यमकै हातमा रहेको उल्लेख गरे । एमाले सक्कियो भन्ने टिप्पणीप्रति अध्यक्ष ओलीले एमाले सकिन नभइ देश बनाउन र सफलता प्राप्त गर्न जन्मिएको पार्टी भएको दाबी गरे । कार्यक्रममा अध्यक्ष ओलीले नेकपाका पोलिटब्युरो सदस्य डि.बी. कार्कीसहित ६ जना केन्द्रीय सदस्यहरूलाई एमालेमा प्रवेश गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अटिजममा आधारित नमूना विद्यालय स्थापना तथा सञ्चालन एवं व्यवस्थापन गर्ने सन्दर्भमा अवधारणापत्र तयारीका लागि गठित प्राविधिक समितिले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ । मन्त्रालयले गठन गरेको प्राविधिक समितिले करिब तीन महिनाको अध्ययनपछि तयार गरेको प्रतिवेदन आज मन्त्री पोखरेललाई हस्तान्तरण गरेको हो । सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठको संयोजकत्वमा ...
। नेपाली कांग्रेसले संविधानका आधारभूत सिद्धान्तमा कुनै सम्झौता नगर्ने स्पष्ट अडान दोहोर्‍याएको छ । सानेपामा बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा सभापति गगन थापाले संविधानबारे पार्टीको धारणा प्रष्ट्याएका हुन् । ‘संविधानका आधारभूत विषय लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली बहुजातीयता बहुधार्मिकता बहुसांस्कृतिक विशेषता समानुपातिक समावेशी प्रतिनिधित्वलगायतको विषयमा नेपाली कांग्रेस पार्टीले कुनै पनि सम्झौता ...
। गृहमन्त्रालयको मान्छे भन्दै प्रहरीलाई धम्की दिने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको चिङगाड गाउँपालिका–६ घर भएका ३२ वर्षीय कुलवीर नेपाली छन् । कीर्तिपुर बस्दै आएका उनले प्रहरीलाई आफू गृह मन्त्रालयको मान्छे भन्दै काम गर्न नसके सरुवा गरिदिने भन्दै धम्की दिएको आरोप छ । बिहीबार माइतीघरबाट पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ ...
। सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने गरी ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद्मा अघि बढाएको छ । संसद्मा जारी सैद्धान्तिक छलफलका क्रममा उक्त विधेयकको औचित्य पुष्टि गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कार्यक्षमता र समन्वयका लागि आवश्यक रहेको जिकिर गरिन् । विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको ...
: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्राथमिकता निर्धारण नगरी गरिने संविधान संशोधनले देश द्वन्द्वमा फस्ने खतरा रहेको बताएका छन्। बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा सभापति थापाले प्राथमिकता निर्धारण नगरी गरिने संशोधनले अप्रत्याशित संवैधानिक जटिलता ल्याउने, चरम दलीय ध्रुवीकरण निम्त्याउने र समाज तथा भूगोललाई जोड्ने मूल आधारहरू नै भत्काउन ...