मुख्य समाचार
जोर्डनमा इरानले गरेको ब्यालेस्टिक मिसाइल र ड्रोन आक्रमणमा शुक्रबार दुई अमेरिकी सैनिकको मृत्यु
जोर्डनमा इरानले गरेको ब्यालेस्टिक मिसाइल र ड्रोन आक्रमणमा शुक्रबार दुई अमेरिकी सैनिकको मृत्यु

: जोर्डनमा इरानले गरेको ब्यालेस्टिक मिसाइल र ड्रोन आक्रमणमा शुक्रबार दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक जना सैनिक अझै बेपत्ता भएका छन् । जुन घटनाको आधिकारी पुष्टि अमेरिकी सैन्य अधिकारीहरूले गरेका हुन् ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकप) का अनुसार, आक्रमणमा घाइते भएका चार अमेरिकी सैनिकहरूलाई उपचारका लागि जोर्डनका अस्पतालहरूमा भर्ना गरिएको थियो, जसमध्ये सामान्य चोट लागेका सैनिकहरू भने पुनः आफ्नो ड्युटीमा फर्किएका छन् । सुरक्षा संवेदनशीलता र परिवारको सम्मानका लागि अमेरिकी सेनाले मृतकहरूको पहिचान र घटनास्थलको विस्तृत विवरण अहिले सार्वजनिक गरेको छैन ।

यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले शनिबार राति इरानमाथि पुनः हवाई हमला गरेको छ । सेन्टकपका अनुसार लगातार आठौँ रात गरिएको यस सैन्य कारबाहीको मुख्य उद्देश्य हर्मुज स्ट्रेट (जलडमरुमध्य) मा व्यावसायिक जहाजहरूका लागि खतरा पैदा गर्ने इरानको सैन्य क्षमतालाई कमजोर पार्नु हो ।

सेन्टकपले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यो हमलाको उद्देश्य इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का ती शक्तिहरूलाई तुरुन्तै सजाय दिनु हो, जसले अघिल्लो रात जोर्डनमा अमेरिकी सैनिकहरूमाथि आक्रमण गरेका थिए ।'

अमेरिका र इरानबीच गत जुन महिनामा भएको प्रारम्भिक युद्धविराम एक महिना पनि नटिक्दै भङ्ग भएपछि विगत एक हप्तादेखि दुई देशबीचको विवाद पुनः चुलिएको छ । अमेरिकाले इरानी बन्दरगाहहरूमाथि फेरि नाकाबन्दी लागू गरेको छ भने जवाफमा इरानले हर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकाको टेक्सस राज्यमा भइरहेको बहुप्रतिक्षित सिनेट चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार केन पाक्सटन पराजित हुने आशङ्का बढेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिल्यैदेखि दोषारोपण सुरु गरेका छन्। सन् १९८८ यता टेक्ससबाट कुनै पनि डेमोक्र्याट उम्मेदवार सिनेटमा विजयी नभएको इतिहासमा यदि यसपटक रिपब्लिकन उम्मेदवार हारेमा त्यसको जिम्मेवार आफ्नै पार्टीका नेताहरू हुने ट्रम्पले दाबी गरेका छन्। ट्रम्पको निशानामा जोन कोर्नि र कार्ल ...
। रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको छ । एजेन्सीले करिब आठ मिनेटपछि उक्त चेतावनी फिर्ता लिएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार कामचट्का क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीले भने उक्त भूकम्पलाई ६.९ म्याग्निच्युड ...
। अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ । घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि १०० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाउने विषयमा आगामी १० दिनभित्र निर्णय लिन सक्ने भएका छन्। ब्लूमबर्ग न्यू इकोनोमी फोरममा बोल्दै अमेरिकी राजदूत सर्जियो गोरले उक्त जानकारी दिएका हुन्। गोरका अनुसार भारतले प्रतिबन्धबाट छुट पाउँछ या पाउँदैन भन्ने अन्तिम निर्णय ट्रम्प आफैँले गर्नेछन्। अमेरिकी संसद्‌ले गत सेप्टेम्बर १६ मा रुसबाट तेल ...
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...