मुख्य समाचार
नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्ने मुख्य मागसहित युवाहरु सडक आन्दोलनमा उत्रिए
नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्ने मुख्य मागसहित युवाहरु सडक आन्दोलनमा उत्रिए

: नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्ने मुख्य मागसहित युवाहरु सडक आन्दोलनमा उत्रिएका छन् । समृद्ध नेपालको आधारका लागि आगामी २०८७ सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने भन्दै युवाहरुको एक समूहले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले प्रदेशहरुको खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने, १० सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग राखेका छन् । उनीहरुले नेपालमा भएका सबै बैंकहरूको पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्ने, समाजमा घट्ने अपराधहरू र अपराध अनुसन्धानका प्रक्रियाहरूलाई ध्यानमा राख्दै अपराधीहरूका लागि कडा भन्दा कडा सजायको कानुनी व्यवस्था हुनुपर्ने माग समेत राखेका छन् ।

सुकुम्बासी, भूमिहीन किसान र जग्गाको टुक्रा समेत नभएका देशका वास्तविक नागरिकहरूको समस्या सधैंका लागि उन्मूलन गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने पनि आफूहरुको माग रहेको सडक आन्दोलन उत्रिएका युवा अर्जुन विश्वकर्माले बताए । साथै उनीहरुले हाल अध्यापन गराइँदै आएका शैक्षिक पाठ्यक्रमहरूको पुनर्लेखन गरी सीप र प्रविधिमा आधारित व्यावहारिक पाठ्यक्रम निर्माण गरिनुपर्नेमा समेत जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वृद्ध भत्तासहित सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचयपत्र नवीकरण गर्नुपर्ने भएको छ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना निकालेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरण गर्न भनेको हो । जसमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीहरूको सामजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम (९) ...
। पोखरा बसपार्कको जग्गाभित्र बसोबास गरिरहेकामध्ये २ सय २० परिवारको अन्यत्रै घरजग्गा देखिएको छ भने २ सय ९९ परिवारमात्रै भूमिहीन सुकुम्वासी देखिएका छन् । पोखरा महानगरपालिकाले बसपार्कमा सुकुम्वासी, भूमिहीनका नाममा बसोबास गरिरहेकाहरुको अध्ययन तथा छानबिन गर्न बनेको समितिको प्रतिवेदनले यस्तो तथ्यांक निकालेको हो । २ सय ९९ जनाको अन्त कतै पनि घरजग्गा नदेखिएको र २३३ जनाको अन्यत्र ...
: जानकी मन्दिरमा हुने आर्थिक तथा समाजिक अनियमितताको मौखिक गुनासो मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो कहाँ पुग्यो। गुनासोका आधारमा गृहमन्त्री महतोले गत असार ३० गते मंगलबार जानकी मन्दिर अधिनस्त विवाह मण्डप पुग्दा अनियमित हिसाबले अवैद्यानिक तरिकाबाट टिकट काटिरहेको भेटिएपछि जफत गरे। अनुगमनको क्रममा गृहमन्त्री महतोले टिकटमा फरक–फरक दररेट, अस्तव्यस्त विवाह मण्डप, पानी बिनाको ...
। मध्य बर्खा लागेपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला (दाँया) र नाम्सी खोला (दायाँ) मा पहिरो रोकथामका ठेक्का सम्झौता भएको छ । सडक डिभिजन कार्यालय भरतपुरले आह्वान गरेको ठेक्का बाभरी कन्स्ट्रक्सन प्रा.लि धुम्बराही काठमाण्डौंले पाएको छ । कार्यालयले करिब २५ करोड लागत अनुमान गरेर वैशाख २५ गते आह्वान गरेको ठेक्का बाभरीले २२ करोड २१ लाख १२ हजारमा ...
। बाढीपहिरोका कारण बीपी राजमार्ग र कान्तिलोकपथ बन्द भएको छ । कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरमा पहिरो खस्दा सवारी आवागमन रोकिएको छ । प्रहरीका अनुसार चापागाउँ हुँदै हेटौंडातर्फ जाने बाटो बन्द छ । यस्तै बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा र रोशी खोलामा पानीको बहाव ...