मुख्य समाचार
मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते
मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते

: मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन् ।

चितवन इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक आइतबार बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुर पठाइएको छ । दुर्घटना हुँदा अवरुद्ध भएको सडक-खण्ड सवारी साधन हटाइ दुवैतर्फी नै सुचारू भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार धेरै समय नटिक्ने दाबी गरेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारलाई प्रतिपक्षलाई बेवास्ता नगरी सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका हुन् । वर्तमान सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि प्रभावकारी काम हुन नसकेको संकेत गर्दै महासेठले सबै दललाई मिलाएर लैजानुपर्नेमा ...
। कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक छन् । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरुलाई पक्राउ गरेको हो । ब्युरोबाट इन्स्पेक्टर राकेश यादवसहितको टोली खटिएको थियो । लागुऔषध कारोबारीलाई पक्राउ गर्न दुई राउण्ड गोली चलाइएको ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले जानकारी ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस सबै जातजाति, भाषाभाषी र भूगोलका साथै सबै पुस्तालाई जोड्ने सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताएका छन्। आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीमा नयाँ पुस्ताको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका हुन्। पार्टीभित्र आफूभन्दा अघिल्ला दुई पुस्ता र ...
। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले गाउँ गौरवका आयोजनामा खर्च हुन नसकी फिर्ता भएको ९ करोड ४० लाख रुपैयाँभन्दा बढी बजेट पुन: उपलब्ध गराउन संघीय सरकारसँग माग गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै माग गरेका हन् । माग सम्बोधन नभएपछि उनले दोस्रो पटक ...
। वृद्ध भत्तासहित सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचयपत्र नवीकरण गर्नुपर्ने भएको छ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना निकालेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरण गर्न भनेको हो । जसमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीहरूको सामजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम (९) ...