मुख्य समाचार
ट्रम्पले क्यानडामाथि नयाँ भन्सार शुल्क (टैरिफ) लगाउने चेतावनी
ट्रम्पले क्यानडामाथि नयाँ भन्सार शुल्क (टैरिफ) लगाउने चेतावनी

: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडामाथि नयाँ भन्सार शुल्क (टैरिफ) लगाउने चेतावनी दिएका छन्। क्यानडाले आफ्नो देशका जङ्गलहरूको उचित हेरचाह नगरेका कारण अमेरिकाले प्रदूषित हावाको सामना गर्नुपरेको ट्रम्पले आरोप लगाएका छन्।

जसका कारण ट्रम्पले यस विषयमा चाँडै नै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग कुराकानी गरी जवाफ माग्ने बताए। क्यानडाको यस कथित लापरवाहीको जवाफमा नयाँ शुल्कहरू लगाउन सकिने उनको चेतावनी छ।

शुक्रबार अबेर राति आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोसल'मा लेख्दै ट्रम्पले लेखेका छन्, 'क्यानडाले आफ्ना जङ्गलहरूको सही तरिकाले हेरचाह नगरेका कारण हामी उसलाई जिम्मेवार ठहर्‍याउँछौँ। यसकै कारण अमेरिकामा फोहोर, प्रदूषित र हानिकारक हावा आइरहेको छ। यो हावाको गुणस्तर खतरनाक छ र यो बिल्कुलै स्वीकार्य छैन। म प्रधानमन्त्रीसँग कुरा गर्नेछु र उनीहरू यस विषयमा के गर्दैछन् भनेर सोध्नेछु।'

ट्रम्पले अगाडि थपेका छन्, 'यो जानाजानी गरिएको लापरवाही हो र अहिले यो हरेक वर्षको समस्या बन्दै गएको छ। यसबाट अमेरिकालाई अर्बौँ डलरको नोक्सानी भइरहेको छ। यस प्रदूषणको मूल्य पनि क्यानडामाथि हाल लगाइँदै गरेको भन्सार शुल्कमा थप गरिनेछ।'

क्यानडाका सयौँ जङ्गलहरूमा भीषण डढेलो लागिरहेको छ, भने त्यसको धुवाँले उत्तरी अमेरिकाको ठुलो हिस्सालाई प्रभावित पारेको छ।

शुक्रबारसम्म क्यानडाका जङ्गलहरूमा डढेलो लागेका करिब ८८८ घटनाहरू दर्ता भइसकेका छन्, जसमध्ये अधिकांश अझै पनि नियन्त्रण बाहिर छन्। यीमध्ये १९० भन्दा बढी घटनाहरू ओन्टारियो प्रान्तका मात्रै हुन्।

अर्कोतर्फ, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले जलवायु परिवर्तनको सामना गर्नु क्यानडा र अमेरिका दुवैको साझा जिम्मेवारी भएको कुरा यसअघि नै स्पष्ट पारिसकेका छन्।

ट्रम्पको चेतावनीपछि क्यानडाका आपत्कालीन व्यवस्थापन मन्त्रीले दुवै देश प्राकृतिक विपत्तिसँग लड्नका लागि लगातार सम्पर्कमा रहने गरेको र सहकार्यको लामो इतिहास रहेको बताएका छन्। उनले सन् १९८२ को अग्नि नियन्त्रण सम्झौता र सन् २०२५ को जी-७ शिखर सम्मेलनका क्रममा भएको विपद् व्यवस्थापन सहकार्य सम्झौताको समेत स्मरण गराएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सिरियाको उत्तरी क्षेत्रस्थित अलेप्पो प्रान्तको अल-ऐस सहरमा सोमबार बिहानै शृङ्खलाबद्ध विष्फोट भएका छन्। सिरियाली सरकारी टेलिभिजन 'अल-इखबरिया' लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार स्थानीय रक्षा मन्त्रालयसँग सम्बद्ध एक हतियार डिपोलाई लक्षित गरी ती विष्फोटहरू भएका हुन्। विष्फोटबाट भएको मानवीय तथा भौतिक क्षतिको आधिकारिक विवरण आउन बाँकी छ। घटनालगत्तै सम्बन्धित निकायले सो क्षेत्रको अवस्थाबारे थप जानकारी सङ्कलन गरिरहेको ...
इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले इरानले मध्यस्थमार्फत अमेरिकासमक्ष आफ्ना सन्देश र वार्तासँग सम्बन्धित सर्तहरू पठाइसकेको बताएका छन् । संसद्लाई सम्बोधन गर्दै गालिबाफले युद्धको निर्णायक अन्त्यका लागि प्रयास भइरहेको बताएका हुन् । ‘केही मानिस युद्धको कुरा गर्छन्, तर त्यसको निर्णायक अन्त्यका लागि स्पष्ट दिशा प्रस्तुत गर्दैनन्,’ गालिबाफले भने । उनले यस्तो सोचले वार्ता र कूटनीतिका सबै सम्भावनालाई अस्वीकार ...
। यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणपछि साउदी अरब र इरान–समर्थित हुथी विद्रोहीबीच द्वन्द्व थप तीव्र हुन सक्ने अमेरिकाले शनिबार चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्रालयले सैन्य द्वन्द्व बढ्न सक्ने भन्दै मध्यपूर्वबाहिर रहेका अमेरिकी नागरिकलाई यस क्षेत्रमा भ्रमण वा यात्राबारे गम्भीरतापूर्वक पुनर्विचार गर्न ...
। अमेरिकाले पश्चिम एसियामा रहेका आफ्ना दूतावास र नागरिकहरूका लागि सुरक्षा अलर्ट जारी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले यस क्षेत्रमा बढ्दो तनावबीच मानिसहरूलाई थप सतर्क रहन आग्रह गरेको छ। अमेरिकाले इराक, बहराइन, ओमान, साउदी अरब, इरान, कतार, लेबनान, कुवेत र जोर्डनमा बसोबास गरिरहेका आफ्ना नागरिकहरूलाई सावधान रहन भनेको छ। पश्चिम एसियामा जारी द्वन्द्व तीव्र रूपमा बढ्न ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स उद्योगको विकास र निगरानीका लागि नयाँ ‘एआई जार’ (प्रमुख सल्लाहकार) नियुक्त गर्ने र एआई फोर्स गठन गर्ने घोषणा गरेका छन्। शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लामो पोस्ट लेख्दै ट्रम्पले यो जानकारी दिएका हुन्। उनले एआईलाई अर्को औद्योगिक क्रान्तिको संज्ञा दिँदै यसले देशको आर्थिक वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम