मुख्य समाचार
फ्रान्सलाई ६ -४ ले पराजित गर्दै इङ्ल्यान्डले फिफा विश्वकपको तेस्रो स्थानमा
फ्रान्सलाई ६ -४ ले पराजित गर्दै इङ्ल्यान्डले फिफा विश्वकपको तेस्रो स्थानमा

: फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा फ्रान्सलाई पराजित गर्दै इङ्ल्यान्डले फिफा विश्वकपको तेस्रो स्थानमा हासिल गरेको छ।

मियामी स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले फ्रान्सलाई ६ -४ ले हराएको हो। खेलको पहिलो हाफ पूर्णतय इङ्ल्यान्डको दबदबा रह्यो। पहिलो हाफमा ४-०को अग्रता बनाएको इङ्ल्यान्डले दोस्रो हाफमा ४ गोल बेहोर्दै २ गोल थप्यो।

खेलको सुरुवाती तेस्रो मिनेटमा नै इङ्ल्यान्डका लागि डिक्लेन राइसले गोल गरेका हुन्। खेलको १८ औँ मिनेटमा इङ्ल्याण्डले दोस्रो गोल गर्यो। डिक्लेन राइसको असिस्टमा एज्री कोन्साले गोल गर्दै इङ्ल्यान्डलाई २-०को अग्रतामा ल्याएका थिए। खेलको ३६ औं मिनेटमा फ्रान्सको लागि बुकायो साकाले गोल गरे। खेलको पहिलो हाफमा थप गरेको चार मिनेटको इन्जुरी समयको पहिलो मिनेटमा नै बुकायो साकाले व्यक्तिगत दोस्रो र टिमको लागि चौथो गोल गरे। खेलको पहिलो हाफ पूर्णतय इंग्ल्यान्डको पक्षमा रह्यो।
खेलको दोस्रो हाफको सुरुवाती समयमा नै फ्रान्सले गोल गर्यो । खेलको ४८ औं मिनेटमा फ्रान्सको लागि कप्तान केलियन एम्बापेले गोल गरे। फ्रान्सको लागि दोस्रो गोल ब्राड्ले बार्कोलाले गरे । खेलको ५४ औं मिनेटमा उनले दोस्रो गोल गर्दै फ्रान्सलाई पुनरागमनको बाटोमा डोर्याएका थिए।

फ्रान्सको लागि तेस्रो गोल केलिएन भापीको नाममा रह्यो। उनले खेलको ६६ औं मिनेटमा टोलीको लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरेका हुन्। उनको लागि जारी विश्वकपमा यो दशौं गोल रहेको थियो। खेलको दोस्रो हाफ नाटकीय भयो। खेलको ८७ औ मिनेटमा इङ्ल्यान्डले पेनाल्टी पायो। पेनाल्टीमा बुकायो साकाले बिना कुनै गल्ती गोल गरे। यो गोल गर्दै उनले जारी विश्वकपमा ह्याट्रिक पुरा गरे।

खेलको निर्धारित ९० मिनेटमा थप गरिएको इन्जुरी समयको छैंटौं मिनेटमा ओस्मान‌ डेम्बेलेले फ्रान्सको लागि चौथो गोल गरे। त्यतिबेला खेल एक गोलको फरकमा रहेको थियो। ५ -४ ले इंग्ल्यान्डले अग्रता बनाइरहेको अवस्थामा खेलको निर्धारित ९० मिनेटमा थप गरिएको इन्जुरी समयको अन्तिम मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै इङ्ल्यान्डको जित सुनिश्चित गरेका हुन्।

सन् १९६६ मा विश्वकपको उपाधि जितेको इङ्ल्यान्डले त्यसपछिको उत्कृष्ट नतिजा हासिल गरेको छ ‌। सन् २०१८ मा इङ्ग्ल्यान्ड चौथो स्थानबाट फिफा विश्वकपबाट बिदा भएको थियो।

एम्बापे फिफा विश्वकपको सर्वाधिक गोलकर्ता

फ्रान्सका कप्तान केलियन एम्बाप्पेले जारी विश्वकपमा नवौँ गोल गरे । इङ्ल्यान्डविरुद्धको तेस्रो स्थानको खेलमा उनले दोस्रो हाफको ४८ औं मिनेटमा गोल गर्दै जारी विश्वकपको नवौं गोल पुरा गरेका हुन्। नवौं गोलसँगै जारी विश्वकपको गोल्डेन बुटको दावेदारीमा उनले अग्रता बनाए। जारी विश्वकपमा नवौं गोल गरेसँगै फिफा विश्वकपमा हालसम्मको सर्वाधिक गोलमा लियोनल मेस्सीको २१ गोलको रेकर्ड बराबरी गरे।

खेलको ६६ औँ मिनेटमा केलियन एम्बापेले जारी विश्वकपको दशौँ गोल गरे। यो गोल गरेसँगै उनले हालसम्म फिफा विश्वकपमा गरिएको २१ गोलको सर्वाधिक गोलको रेकर्ड आफ्नो नाममा सारे। उनले फिफा विश्वकपमा २२ गोल गरे।

जारी विश्वकपमा १० गोल गरेसँगै गोल्डेन बुटको दावेदारीमा अग्रतामा रहेका छन्। उनलाई अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पछाइरहेका छन्। भोलि हुने फिफा विश्वकपको फाइनल खेलमा अर्जेन्टिनाले स्पेनसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजनामा भइरहेको फिफा विश्वकप २०२६ समापनतर्फ उन्मुख हुँदै जाँदा प्रतियोगितालाई थप आकर्षक बनाउन विभिन्न सांगीतिक, साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको तयारी गरिएको छ। यसपटक फिफाले पहिलो पटक विश्वकप फाइनललाई खेलसँगै विश्वव्यापी मनोरञ्जनको उत्सवका रूपमा प्रस्तुत गर्ने योजना अघि सारेको छ। विश्वकपको फाइनल खेल आइतबार राति न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा हुनेछ। फाइनल ...
: फिफा विश्वकप २०२६ मा मोरक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनल प्रवेश गरेको छ। बोस्टन स्टेडियममा भएको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो। खेलको सुरुवाती समयदेखि नै फ्रान्सले मोरोक्कोमाथि दबदबा बनाइरहेको थियो। २५ औं मिनेटमा फ्रान्सका कप्तान केलियन एम्बापेले बल अगाडि बढाइरहेको अवस्थामा उनलाई पेनाल्टी बक्सभित्र फाउल गरिएको थियो। ...
पपस्टार जस्टिन बिबरले फिफा विश्वकप २०२६ को फाइनलमा प्रस्तुति दिने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहिबार यस्तो घोषणा गरेको हो । उसले यसअघि नै बीटीएस, शाकिरा र म्याडोनालाई कार्यक्रममा सहभागी हुने कलाकारका रूपमा घोषणा गरिसकेको छ । उनीहरूसँगै गायक बिबरले फाइनलमा सांगीतिक प्रस्तुति दिनेछन् । अप्रिलमा कोचेला महोत्सवमा मुख्य प्रस्तुति दिएपछि बिबरको यो ...
। फिफा विश्वकप २०२६ को उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनामाथि मैदानबाहिर ठूलो विवाद सिर्जना भएको छ । अर्जेन्टिना फुटबल संघ (एएफए) अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) को प्रारम्भिक अनुसन्धानको घेरामा परेको छ । अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन मा प्रकाशित रिपोर्ट अनुसार एफबीआईले एएफएको अमेरिकाभित्र सञ्चालन भएका व्यावसायिक कारोबार र आर्थिक गतिविधिमाथि अनुसन्धान थालेको हो । अनुसन्धानको ...
। नेपाली पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन् । नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको अवस्थामा दुवै पक्षको सहमतिमा पदमुक्त गरिएको निलम्बित एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । ‘अब अहिले नेपाली फुटबल पनि निलम्बनको अवस्थामा भएपछि दुवैको सहमतिमा हाल उहाँलाई रिलिज गर्ने निर्णय भएको हो, अब ...