मुख्य समाचार
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकालाई कहिल्यै 'बिर्सन नसकिने पाठ' सिकाउने चेतावनी
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकालाई कहिल्यै 'बिर्सन नसकिने पाठ' सिकाउने चेतावनी

: इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकालाई कहिल्यै 'बिर्सन नसकिने पाठ' सिकाउने चेतावनी दिएका छन्।

इरानी सरकारी टेलिभिजनमा प्रसारित एक कार्यक्रममा उद्घोषकले सर्वोच्च नेता खामेनीको एउटा नयाँ लिखित सन्देश वाचन गर्दै उक्त चेतावनी दिएका हुन्।

सन्देशमा भनिएको छ, 'सम्झौताको उल्लङ्घनले अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्त्व वा विश्वसनीयता नरहेको कुरा फेरि एकपटक प्रमाणित गरिदिएको छ। अमेरिकाले पुनः आफ्नो वास्तविक अनुहार विश्वसामु छर्लङ्ग पारेको छ। उसका यी कदमहरूले अमेरिकी नीतिहरू झूटो, अविश्वसनीय र धोकाले भरिएका छन् भन्ने कुरा पुष्टि गर्छन्।'

सर्वोच्च नेता खामेनीले यदि अमेरिकाले युद्ध भड्काउने प्रयास गरेमा ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी समेत दिएका छन्। सन्देशमा उल्लेख भएअनुसार, इरान र उसका सहयोगी राष्ट्रहरूले अमेरिकालाई यस्तो जवाफ दिनेछन्, जसलाई अमेरिकालेक लामो समयसम्म सम्झिरहनेछ।

अमेरिका इजरायल गरेको संयुक्त आक्रमणमा परि आफ्ना पिताको निधनपछि सर्वोच्च नेताको पद सम्हालेका मोज्तबा खामेनी अहिलेसम्म न त सार्वजनिक रूपमा देखा परेका छन्, न त उनले कुनै अडियो वा भिडियो सन्देश नै जारी गरेका छन्। पदभार ग्रहण गरेयता उनका नाममा आउने सबै सन्देशहरू लिखित रूपमा मात्र सार्वजनिक हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...