मुख्य समाचार
गाजा क्षेत्रमा भएका विभिन्न इजरायली आक्रमणमा कम्तीमा १४ जना प्यालेस्टिनीको मृत्यु
गाजा क्षेत्रमा भएका विभिन्न इजरायली आक्रमणमा कम्तीमा १४ जना प्यालेस्टिनीको मृत्यु

: गाजा क्षेत्रमा भएका विभिन्न इजरायली आक्रमणमा कम्तीमा १४ जना प्यालेस्टिनीको मृत्यु भएको छ । तीमध्ये आधाभन्दा बढी मानिस अन्त्येष्टि जुलुसमा सहभागी भइरहेका बेला भएको ड्रोन आक्रमणमा मारिएका हुन् ।

हमाससँग भएको भनिएको ‘युद्धविराम’ सुरु भएको नौ महिनापछि पनि इजरायलले लगभग दैनिक रूपमा त्यसको उल्लंघन गरिरहेको आरोप लगाइएको छ । शुक्रबार मध्य गाजाको नुसेरात शरणार्थी शिविरस्थित अल–बालाता बजार क्षेत्रमा सर्वसाधारणको जमघटलाई लक्षित गरी भएको इजरायली आक्रमणमा ८ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकाय र एक अस्पतालले जनाएको छ ।

अल–अवदा अस्पतालका अनुसार आक्रमणमा कम्तीमा २० जना घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार, यसअघि सोही क्षेत्रमा भएको अर्को आक्रमणमा मारिएका एक प्यालेस्टिनीको अन्त्येष्टि गर्न अहमद यासिन मस्जिद बाहिर भेला भएका मानिसहरूलाई लक्षित गर्दै ड्रोन आक्रमण गरिएको थियो ।

गाजाबाट पत्रकार हानी महमुदले भने, ‘युद्धविरामको कुनै सम्मान भइरहेको छैन ।’ उनका अनुसार, अन्त्येष्टि जुलुसमा सहभागी मानिसहरू मस्जिदबाट बाहिर निस्कँदै गर्दा ड्रोनले जुलुसभित्रै रहेका मानिसहरूको समूहलाई निशाना बनाएको थियो । एएफपी समाचार संस्थाका अनुसार इजरायली सेनाले उक्त आक्रमण गरेको पुष्टि गरेको छ ।

इजरायली सेनाले मध्य गाजामा रहेको ‘आतंकवादी समूह’ लाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ । तर आक्रमणमा सर्वसाधारण पनि परेको दाबीबारे आफूहरू जानकार रहेको र घटनाको समीक्षा भइरहेको जनाएको छ । प्यालेस्टिनी समूह हमासले उक्त आक्रमणको निन्दा गर्दै यसलाई ‘घृणित अपराध’ भनेको छ । हमासले युद्धविराम सम्झौताको निरन्तर उल्लंघन गर्दै इजरायलले निर्दोष नागरिकको हत्या र त्रास फैलाइरहेको आरोप लगाएको छ ।

‘आकाश ड्रोनले भरिएको छ’
शुक्रबार बिहान उत्तरी गाजाको बेत लाहिया शहरमा अबु तमाम विद्यालय नजिक इजरायली ड्रोनबाट खसालिएको बममा परी ५२ वर्षीया महिलाको मृत्यु भएको प्यालेस्टिनी समाचार संस्था वाफाले जनाएको छ । मध्य गाजाको अज–जवायदामा प्यालेस्टिनीहरूको जमघटलाई लक्षित गरी गरिएको अर्को आक्रमणमा एक जनाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको छ ।

नुसेरात शरणार्थी शिविरको पश्चिमी क्षेत्र अल–सवारहामा विस्थापित मानिसहरू बस्ने संरचनामा इजरायली आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ । यसैगरी गाजा शहरमा इजरायली ड्रोनले एउटा अपार्टमेन्टलाई निशाना बनाउँदा एक प्यालेस्टिनीको मृत्यु भएको र बालबालिकासहित धेरै घाइते भएको जनाइएको छ । खान युनिसको दक्षिणपश्चिम क्षेत्रमा इजरायली गोली लागेर घाइते भएकी एक महिलाको पनि मृत्यु भएको छ ।

गत अक्टोबरमा भनिएको ‘युद्धविराम’ लागू भए पनि गाजामा इजरायली आक्रमण निरन्तर भइरहेको आरोप छ । सशस्त्र द्वन्द्व तथा घटना तथ्यांक समूहले बुधबार सार्वजनिक गरेको विवरणअनुसार मे महिनापछि गाजामा इजरायली आक्रमण बढेको छ । समूहका अनुसार गत महिना मात्रै ४० भन्दा बढी आक्रमण भएका छन्, जुन युद्धविराम सुरु भएयताकै सबैभन्दा धेरै मासिक संख्या हो ।

पत्रकार हानी महमुदले भने, ‘गाजाको आकाश ड्रोनले भरिएको छ । चारैतिर ड्रोनको मेसिनको आवाज सुनिन्छ ।’ उनले गाजामा बाँकी रहेका पूर्वाधारहरू पनि निरन्तर ध्वस्त पारिँदै गएको बताए । इजरायली पत्रिका हारेत्ज ले शुक्रबार प्रकाशित रिपोर्टमा युद्धविराम सुरु भएयता इजरायलले २७४ जना बालबालिकाको हत्या गरेको दाबी गरेको छ । रिपोर्टले औसतमा दैनिक एक बालबालिका मारिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...