मुख्य समाचार
२० दिनदेखि अनसनमा बसेका सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगे
२० दिनदेखि अनसनमा बसेका सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगे

: दिल्लीको जन्तर–मन्तरमा विगत २० दिनदेखि अनसनमा बसेका सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगेको छ । वाङ्चुकलाई प्रहरीले अचानक नियन्त्रणमा लिएर जाँदा मञ्चमा ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके उपस्थित थिएनन् । यसलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठेपछि सीजेपीले स्पष्टीकरण दिएको छ ।

सीजेपीका अनुसार, उक्त समयमा दीपके प्रदर्शनस्थल नजिकै नुहाउन गएका थिए । प्रदर्शनकारीलाई नुहाउन वा शौचालय प्रयोग गर्न पनि नपाइने हो र भन्ने प्रश्न गर्दै पार्टीले आफूविरुद्ध भइरहेको दुष्प्रचारलाई निन्दनीय र खतरनाक भनेको छ । शनिबार जन्तर–मन्तरमा अचानक प्रहरीले वाङ्चुकलाई जबरजस्ती अस्पताल लगेपछि परिस्थिति बदलिएको छ ।

दिल्ली प्रहरीका अनुसार, २० दिनदेखि निराहार अनसनमा रहेका वाङ्चुकको स्वास्थ्य लगातार बिग्रँदै गएको र दिल्ली उच्च अदालतको आदेशअनुसार उनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सफदरजंग अस्पताल लगिएको हो । हाल उनी चिकित्सकको निगरानीमा छन् ।



अभिजीत दीपके कहाँ थिए ?
वाङ्चुकलाई प्रहरीले नियन्त्रणमा लिँदा दीपके कहाँ थिए भन्ने विषयमा सामाजिक सञ्जालमा उनी कुनै भवनमा सुतिरहेको आरोप लगाइएको थियो । यसबारे सीजेपीले प्रतिक्रिया दिँदै भनेको छ, ‘अभिजीत दीपके प्रदर्शनस्थल नजिकै नुहाउन गएका थिए । प्रदर्शनकारीले नुहाउन र शौचालय प्रयोग गर्न पनि नपाउने हो ? यस्तो घटिया दुष्प्रचार निन्दनीय र खतरनाक छ ।’

वाङ्चुक अस्पतालको आकस्मिक कक्षमा
जानकारीअनुसार, सफदरजंग अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्षमा भर्ना गरिएका वाङ्चुकको मेडिसिन विभागका चिकित्सकहरूले उपचार गरिरहेका छन् । अस्पतालका अनुसार उनी होशमा छन् र उनका सबै स्वास्थ्य सूचक (प्यारामिटर) स्थिर छन् । अस्पतालले छिट्टै स्वास्थ्य बुलेटिन सार्वजनिक गर्ने जनाएको छ ।

दीपकेले पनि सुरु गरे अनसन
प्रहरीले वाङ्चुकलाई लगेलगत्तै जन्तर–मन्तरस्थित आन्दोलनस्थलमा अभिजीत दीपकेले पनि अनिश्चितकालीन अनसन सुरु गरेका छन् । उनले आफूमाथि कुटपिट भएको आरोप लगाउँदै आन्दोलन जारी रहने बताएका छन् ।

२० जुलाईमा संसद मार्चको घोषणा
दीपकेले सबैलाई आफ्ना गाउँ–सहरमा शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गर्दै २० जुलाईमा प्रस्तावित संसद मार्च यथावत् हुने बताएका छन् । सीजेपीका नेता आशुतोष रांकाले पनि कसैको प्रतीक्षा नगरी आन्दोलनलाई अघि बढाउनु पर्ने बताएका छन् । सीजेपीले भनेको छ कि सोनम वाङ्चुकलाई प्रहरीले जबरजस्ती उठाएर लगेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...