मुख्य समाचार
कांग्रेसका सभापति गगन थापाले तीन दल बनेर प्रदेशको सरकार नबनाउने दाबी
कांग्रेसका सभापति गगन थापाले तीन दल बनेर प्रदेशको सरकार नबनाउने दाबी

: नेपाली कांग्रेसका सभापति गगन थापाले तीन दल बनेर प्रदेशको सरकार नबनाउने दाबी गरेका छन्। आज कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै सभापति थापा एमाले, कांग्रेस र नेकपाबीच प्रदेशमा गठबन्धन नबन्ने बताएका हुन्।

३ दल मिलेर प्रदेश सरकार बनाउन सुझाव आइरहेको बताउँदै उनले नागरिकको म्याण्डेट त्यस्तो नभएकाले कांग्रेसले तीन दल मिल्नु गलत भएको भनिरहेको बताए। उनले एउटासँग चुनावमा गठबन्धन गरेर अर्कोसँग सत्ता सञ्चालन गरेकाले पनि कांग्रेसले ठूलो मूल्य चुकाएको बताए। उनले भने, 'को सत्ता पक्ष हो। को प्रतिपक्ष हो छुट्टिएन।'

उनले कांग्रेसले प्रदेशमा कुनै कम्प्रमाइज नगर्ने बताए। उनले अब कांग्रेसका नेताहरुले सोच बदलेर अगाडि बढ्नुपर्ने बताए। सभापति थापाले २०७२ सालदेखि २०८२ सम्मको १० वर्ष काला र अध्याँरा वर्ष भएको दाबी गरे। यो समयमा कांग्रेस सत्तालाई मात्र प्राथमिकतामा राखेको हिँडेको उनको भनाई छ। थापाले अब त्यसबाट बाहिर निस्कने गरी काम गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउन लागेसँगै काठमाडौंको इन्द्रचोक, असन बजार क्षेत्रका चुरा पसलमा भिड बढ्न थालेको छ । साउनमा हरियो, पहेँलो, रातो चुरा तथा पोते लगाउने परम्परा छ । यहीकारण यी क्षेत्रमा चहलपहल बाक्लो भएको हो । साउनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान शिवको महिनाको रुपमा मान्छन् भने शिवकै आरधाना गरेर मनाउने गर्छन् । साउनमा चुरा पोतेसँगै मेहेन्दी लगाउने चलन छ ...
। निरन्तरको वर्षापछि कोसी नदीमा पानीको बहाव २ लाख क्युसेक नाघेको छ । आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएकोमा दिउँसो ४ बजेसम्म बढेर २ लाख ९ हजार ८४० क्युसेक पुगेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी हेमराज घिमिरेका अनुसार पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्ये ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले विदेश जाने युवाको संख्या पहिलेभन्दा बढेको भएपनि कोही नबोलेको टिप्पणी गरेका छन् । आइतबार एमालेका सांसदहरूका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘विदेश मान्छे पठाइए, विदेश गए भनेर उधुम हल्ला थियो, पोहोर साल यतिबेला खपिनसक्नु हल्ला थियो,’ अध्यक्ष ओलीले भने, ‘पोहोर साल यतिबेला भन्दा ...
। नेकपा एमाले संसदीय दलकी उपनेता तथा पार्टी सचिव पद्‌मा अर्यालले संसदलाई जनताका आवाज प्रभावकारी रूपमा उठाउने र सरकारलाई आवश्यक खबरदारी गर्ने सशक्त थलोका रूपमा स्थापित गर्नुपर्ने बताएकी छन् । आइतबार काठमाडौंमा सांसदहरूसँग आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्यालले अहिलेको संसद विशेष परिस्थितिमा रहेकाले यसलाई अझ विशेष र प्रभावकारी बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताइन् । ‘हामीले ...
। नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन् । थाइल्यान्डको राजधानी बैंककमा हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आईजीपी कार्कीको टोलीमा प्रहरी उपरीक्षक(एसपी) धर्मराज भण्डारी पनि बैंकक प्रस्थान गरेको जनाइएको छ । आईजीपी कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)हरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका छन् ...