मुख्य समाचार
श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ
श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ

: श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ परेका छन्। चैनपुर नगरपालिका –०७ घर भई हाल मादी नगरपालिका –०४ डाँडागाउँ बस्दै आएका अमरबहादुर सार्कीले आफ्नै श्रीमती फुलमाया मुदेललाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

घरायसी विवादका क्रममा उनले आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमतीको हत्या गरेका हुन्। घटनामा प्रयोग गरिएको खुकुरीसहित सार्कीलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउन लागेसँगै काठमाडौंको इन्द्रचोक, असन बजार क्षेत्रका चुरा पसलमा भिड बढ्न थालेको छ । साउनमा हरियो, पहेँलो, रातो चुरा तथा पोते लगाउने परम्परा छ । यहीकारण यी क्षेत्रमा चहलपहल बाक्लो भएको हो । साउनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान शिवको महिनाको रुपमा मान्छन् भने शिवकै आरधाना गरेर मनाउने गर्छन् । साउनमा चुरा पोतेसँगै मेहेन्दी लगाउने चलन छ ...
। निरन्तरको वर्षापछि कोसी नदीमा पानीको बहाव २ लाख क्युसेक नाघेको छ । आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएकोमा दिउँसो ४ बजेसम्म बढेर २ लाख ९ हजार ८४० क्युसेक पुगेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी हेमराज घिमिरेका अनुसार पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्ये ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले विदेश जाने युवाको संख्या पहिलेभन्दा बढेको भएपनि कोही नबोलेको टिप्पणी गरेका छन् । आइतबार एमालेका सांसदहरूका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘विदेश मान्छे पठाइए, विदेश गए भनेर उधुम हल्ला थियो, पोहोर साल यतिबेला खपिनसक्नु हल्ला थियो,’ अध्यक्ष ओलीले भने, ‘पोहोर साल यतिबेला भन्दा ...
। नेकपा एमाले संसदीय दलकी उपनेता तथा पार्टी सचिव पद्‌मा अर्यालले संसदलाई जनताका आवाज प्रभावकारी रूपमा उठाउने र सरकारलाई आवश्यक खबरदारी गर्ने सशक्त थलोका रूपमा स्थापित गर्नुपर्ने बताएकी छन् । आइतबार काठमाडौंमा सांसदहरूसँग आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्यालले अहिलेको संसद विशेष परिस्थितिमा रहेकाले यसलाई अझ विशेष र प्रभावकारी बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताइन् । ‘हामीले ...
। नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन् । थाइल्यान्डको राजधानी बैंककमा हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आईजीपी कार्कीको टोलीमा प्रहरी उपरीक्षक(एसपी) धर्मराज भण्डारी पनि बैंकक प्रस्थान गरेको जनाइएको छ । आईजीपी कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)हरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका छन् ...