मुख्य समाचार
सरकारले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना अद्यावधिक
सरकारले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना अद्यावधिक

। सरकारले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना अद्यावधिक गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७९/८० देखि २०८४/८५ सम्मको व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना अद्यावधिक गरेको हो ।

मन्त्रालयका अनुसार यो प्रथम पटकको अद्यावधिक हो ।

अद्यावधिक कार्ययोजनामा योजनाको कार्यान्वयन गर्न प्रत्येक निकायको कार्यजिम्मेवारी र समयसारिणी उल्लेख गरिएको छ ।


कार्ययोजनाबमोजिम सम्बन्धित निकायहरूले आफ्नो जिम्मेवारी भित्रका कार्य तोकिएको समयसीमा भित्रै सम्पन्न गर्ने भनेर समय नै तोकिएको हो ।

विभिन्न निकायहरूले समन्वयात्मक रूपमा गर्नुपर्ने प्रकृतिका कार्यहरूको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्नेछन् ।

प्रत्येक निकायहरूले कार्ययोजनामा रहेका निकायगत जिम्मेवारीको वार्षिक तथा आवधिक परिमाणात्मक लक्ष्य निर्धारण गरी नतिजा सूचकको आधारमा अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगबाटसमेत कार्ययोजना कार्यान्वयनको अनुगमन हुनेछ ।

राष्ट्रिय विकास समस्या समाधान समिति, केन्द्रीय अनुगमन समितिबाट कार्ययोजनाको प्रगति समीक्षा हुनेछ । प्रगतिको संकलन र सम्पादन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्नेछ ।

अद्यावधिक कार्ययोजना अनुसार कार्ययोजना भित्रका कतिपय क्रियाकलाप नियमित बजेटबाट गर्न नसकिने भएमा वार्षिक कार्यक्रम तथा बजेटमा समेत समावेश गरी अर्थ मन्त्रालयमा पेस गर्नुपर्नेछ ।

अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले यस कार्ययोजनामा समावेश भएका क्रियाकलापहरूको कार्यान्वयनका लागि सम्बन्धित निकायबाट माग भई आएअनुसार बजेट विनियोजन गर्न प्राथमिकता दिनु पर्नेछ ।

यसका साथै कार्ययोजना कार्यान्वयन गर्दा व्यापार वित्त परिचालन गरी विकास सहायता परिचालन नीतिअनुरूप व्यापार सहायता र समिश्रित वित्त को परिचालन एवं देशगत सहायता र लगानी विशेषज्ञताको आधारमा विकास सहायता तथा विकास कुटनीति परिचालन गरिनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरूको एकीकृत तथा समन्वयात्मक प्रयासद्वारा बढ्दै गएको व्यापार घाटालाई कम गर्नु कार्ययोजनाको प्रमुख उद्देश्य हो ।

यसमा ९ वटा बुँदा समावेश छ ।

(क) तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका वस्तु तथा सेवाको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु,

(ख) वस्तु तथा बजारको विविधीकरण गरी नेपाली वस्तुको निर्यात प्रवर्धन गर्नु,

(ग) कृषि तथा औद्योगिक वस्तुको उत्पादन तथा उपभोगमा वृद्धि गर्नु,

(घ) विभिन्न निकायहरू बीच प्रभावकारी समन्वय स्थापित गरी स्वदेशी तथा वैदेशिक लगानी र उत्पादन वृद्धि गर्नु,

(ङ) स्वदेशी उत्पादनको गुणस्तर सुधार गर्नु,

(च) मानव स्वास्थ्यलाई हानी पुर्‍याउने आयातित वस्तुहरूको नियमन गर्नु,

(छ) औद्योगिक तथा व्यापारजन्य पूर्वाधारको तीव्र विकास गर्नु,

(ज) विकासशील मुलुकमा स्तरोन्नति हुँदा गुम्न जाने बजार पहुँचको सुविधाको निरन्तरता र निर्यात प्रवर्धनको लागि बहुपक्षीय, क्षेत्रीय तथा द्विपक्षीय पहल, वार्ता तथा सम्झौता गर्नु,

(झ) व्यापार सहजीकरण गरी व्यापार तथा पारवहन लागत कम गर्नु ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । ‘आजको छलफल कुनै औपचारिक टिप्पणीमा सीमित रहने ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारीसँग छलफल गरेका छन् । मन्त्रीसँगको छलफलमा उनीहरूले बैंकिङ क्षेत्रमा कर्जाको माग बढ्न लगानीमैत्री वातावरणको विकास गर्नुपर्ने सुझाएका छन् । हाल कर्जाको माग नबढ्नुमा लगानी वातावरण नै प्रमुख रहेको उनीहरूले बताए। अर्थतन्त्रको पछिल्लो अवस्था र वित्तीय क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकका विभागहरूले के कसरी ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन् । बुधवार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले सो धारणा राखेका हुन् । निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उनले उल्लेख गरे । उनले सरकारको सोच, प्राथमिकता ...
: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एक जना महिलासहित सात सदस्यीय बनाउन सहमति जुटाएको छ । मंगलबार समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा ९ सदस्यीय सञ्चालक समिति प्रस्ताव गरिएकोमा पूर्ववत रुपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो । बैठकमा अर्थमन्त्री डा. ...
। अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले सुनको मौजुदा वितरण प्रणालीलाई परिमार्जन गरी सहज र पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् । सोमबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै सचिव उपाध्यायले हाल कायम रहेको दैनिक २५ किलोको बिक्री सीमा र वितरण प्रक्रियालाई व्यावहारिक बनाउन आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार वैदेशिक मुद्रा सञ्चितिको सन्तुलन कायम राख्न नेपाल राष्ट्र ...