मुख्य समाचार
वृद्ध भत्तासहित सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचयपत्र नवीकरण गर्नुपर्ने
वृद्ध भत्तासहित सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचयपत्र नवीकरण गर्नुपर्ने

। वृद्ध भत्तासहित सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचयपत्र नवीकरण गर्नुपर्ने भएको छ ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना निकालेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरण गर्न भनेको हो ।

जसमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीहरूको सामजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम (९) बमोजिम असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्नु–गराउनुपर्ने उल्लेख छ ।

नवीकरणका लागि लाभग्राहीहरूले आ–आफ्नो वडा कार्यालयमा स्वयं उपस्थित भई जैविक पहिचानका आधारमा नवीकरण गराउनसक्ने भनिएको छ । अस्थायी बसोबास रहेको भए बसोबास रहेकै वडा कार्यालयबाट समेत नवीकरण गराउन सकिने सूचनामा उल्लेख छ ।


सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको नविकरण गर्दा राष्ट्रिय परिचय नम्बरका आधारमा जैविक पहिचान मार्फत गर्नु गराउनुपर्ने व्यवस्था छ ।

तर, सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०८२ को दफा ५ बमोजिम १६ वर्ष उमेर पूरा नभएको बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त र ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राहीमा सूचीकृत हुन राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने छैन ।

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने समय असोज मसान्त सम्म रहेको भन्दै मन्त्रालयले वडा कार्यालयमा भिडभाड कम गरी नवीकरण कार्य व्यवस्थित गर्न पनि भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा प्रहरीले अनाधिकृत मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिका–४ को बसपार्कमा फ्ल्याट भाडामा लिएर अनाधिकृत रूपमा हुन्डी तथा विदेशी मुद्रा कारोबार गरिरहेको सूचनाका आधारमा छापा मारेर ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टकाअनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरीले टोलीले फ्ल्याटमा ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मुलुकको समृद्धिका लागि गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा इन्जिनियरहरूको भूमिका र जिम्मेवारी महत्त्वपूर्ण रहेको बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले सडक, पुल, जलविद्युत, प्रसारण लाइन, सिँचाइ र सूचना प्रविधिलगायतका क्षेत्रमा आधुनिक पूर्वाधार निर्माण गर्ने मुख्य जिम्मेवारी प्राविधिक जनशक्तिको काँधमा रहेको ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेला साउन महिनाभित्रै गर्ने घोषणा गरेको छ । मिति भने साउन ६ गते प्रज्ञा भवन कमलादीमा आयोजना गरिने बीपी स्मृति दिवसमा घोषणा गर्ने तयारी गरेको छ । पार्टी एकताका लागि निरन्तर प्रयास, हदैसम्मको लचकता, संवादपश्चात लामो धैर्यता राख्दाराख्दै पनि विवादको सात महिना र अदालतको फैसलापछि चार महिना बितिसक्दा पनि ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासन प्रवर्द्धनका निम्ति संविधान संशोधन आवश्यक रहेको बताएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा कुनै पनि किसिमको सम्झौता मान्य नहुने प्रस्ट पारे । समावेशितालाई अझ व्यापक र सुदृढ बनाउने विषयमा हाम्रो पूर्ण समर्थन रहने तर यसलाई सङ्कुचित पार्ने वा नागरिकले प्राप्त गरेका अधिकारहरू कटौती ...
। स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ । जिल्लाका विभिन्न स्थानहरूसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौं सडक राति १० बजेपछि बन्द रहने जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको ...