मुख्य समाचार
ओलीले अहिले विदेश जाने युवाको संख्या पहिलेभन्दा बढेको भएपनि कोही नबोलेको टिप्पणी
ओलीले अहिले विदेश जाने युवाको संख्या पहिलेभन्दा बढेको भएपनि कोही नबोलेको टिप्पणी

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले विदेश जाने युवाको संख्या पहिलेभन्दा बढेको भएपनि कोही नबोलेको टिप्पणी गरेका छन् । आइतबार एमालेका सांसदहरूका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘विदेश मान्छे पठाइए, विदेश गए भनेर उधुम हल्ला थियो, पोहोर साल यतिबेला खपिनसक्नु हल्ला थियो,’ अध्यक्ष ओलीले भने, ‘पोहोर साल यतिबेला भन्दा अहिले यतिबेला संख्या बढी गएको छ बाहिर । चुपचाप छ ।’

अहिले बाहिर जाने युवाहरूको अधिकार हो भन्ने व्याख्या अगाडि सारिरहेको उनले बताए ।

‘पोहोर स्वाभाविक थिएन, अहिले स्वाभाविक । कुरो र कुलो जता पनि जान्छ भनेजस्तै उनीहरूले कुरा बङ्ग्याउँछन्, जनताको हित विपरीत, आफ्नो संकीर्ण हितका लागि प्रयोग गर्छन्,’ ओलीले अगाडि भने ।


बङ्ग्याएको कुरा सच्याउनुपर्ने र सही कुरा जनतासमक्ष पुर्‍याउने माध्यम संसद् रहेको उनले बताए ।

कानुन बनाउने संख्या आफूसँग नभएपनि जनताको हितका कुरा उठाउने ठाउँ पनि संसद् रहेको उनले स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० जवाङ खोलानेर दुई ठाउँमा पहिरो गएको छ भने चितवनको इच्छाकामना गाउँपालिका ३ फिसलिङमा पनि पहिरो खसेको छ । दुवै धादिङ र चितवन दुवै क्षेत्रमा पहिरो पन्छाउने काम जारी छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन–पोखरा सडक ...
: आज साउन महिनाको पहिलो सोमबार। आज बिहानैदेखि पशुपतिनाथ मन्दिर तथा देशभरका शिव मन्दिरहरुमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि लाइनमा बसेका छन्। अन्य विशेष पर्वमा जस्तै आज पनि ...
। कैलालीमा प्रहरीले अनाधिकृत मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिका–४ को बसपार्कमा फ्ल्याट भाडामा लिएर अनाधिकृत रूपमा हुन्डी तथा विदेशी मुद्रा कारोबार गरिरहेको सूचनाका आधारमा छापा मारेर ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टकाअनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरीले टोलीले फ्ल्याटमा ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मुलुकको समृद्धिका लागि गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा इन्जिनियरहरूको भूमिका र जिम्मेवारी महत्त्वपूर्ण रहेको बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले सडक, पुल, जलविद्युत, प्रसारण लाइन, सिँचाइ र सूचना प्रविधिलगायतका क्षेत्रमा आधुनिक पूर्वाधार निर्माण गर्ने मुख्य जिम्मेवारी प्राविधिक जनशक्तिको काँधमा रहेको ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेला साउन महिनाभित्रै गर्ने घोषणा गरेको छ । मिति भने साउन ६ गते प्रज्ञा भवन कमलादीमा आयोजना गरिने बीपी स्मृति दिवसमा घोषणा गर्ने तयारी गरेको छ । पार्टी एकताका लागि निरन्तर प्रयास, हदैसम्मको लचकता, संवादपश्चात लामो धैर्यता राख्दाराख्दै पनि विवादको सात महिना र अदालतको फैसलापछि चार महिना बितिसक्दा पनि ...