मुख्य समाचार
नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको एकताका लागि राखेको पाँच बुँदे प्रस्ताव सार्वजनिक
नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको एकताका लागि राखेको पाँच बुँदे प्रस्ताव सार्वजनिक

। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको एकताका लागि राखेको पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, सदस्य, प्रदेश समितिका सभापति, जिल्ला सभापतिसहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै आफ्नो पक्षबाट राखिएका ५ बुँदे प्रस्ताव सार्वजनिक गरेको हो ।

‘पार्टी एकताको विषयलाई लिएर नियमित महाधिवेशनका पक्षधरहरूले दिनानुदिन नयाँ र मान्नै नसकिने प्रस्तावहरू अघि सारेर एकतालाई असहज बनाए भनि चलाएका बजार हल्लाहरू निराधार, मिथ्या र भ्रामक छन्,’ बैठकपछि नेता मीन विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पार्टी उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत निवर्तमान कार्यबाहक सभापतिलाई पठाएका प्रस्तावहरू माथि नै हामीले २०८३ जेष्ठ १८ गते नै औपचारिक छलफल गरी अधिकतम सहमति गर्न सकिने किसिमका प्रस्तावहरू सहित जवाफ पनि दिएका हौँ ।’

त्यतिबेला पठाएको पाँच बुँदे प्रस्ताव प्रेस विज्ञप्तिमार्फत नै सार्वजनिक गरिएको छ ।

यस्ता छन् पाँच प्रस्ताव :

१) चौधौं महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।

२) सभापति गगनकुमार थापाको बहुमत रहनेगरी कार्यसम्पादन समिति बनाउने ।

३) पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने ।

४) वर्तमान संस्थापन पक्षको वहुमत रहनेगरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने ।

५) महाधिवेशनको लागि सबैभन्दा महत्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टीभित्र विवाद हुनुपहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५ औं महाधिवेशनमा स्वत: सहभागि हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुन: नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने–नपाउने विषयसँग नजोड्ने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्स सम्बन्धी सबै काम पूर्णरुपमा अनलाइनमार्फत् सुरु गरेको जनाएको छ । लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानी सम्बन्धी सबै काम अनलाइनबाटै गर्न सकिने विभागले जनाएको छ । अब लाइसेन्स बनाउँदा सेवाग्राही स्वास्थ्य परीक्षणका लागि मात्र सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्नेछ । लाइसेन्स सम्बन्धी अनलाइन सेवालाई व्यवस्थित र सहज बनाउन विभागले सातवटै प्रदेशका लागि ...
। चितवन र मुगुमा महिलाका शव फेला परेका छन् । चितवनको रत्ननगर नगरपालिका–८ स्थित बुढी राप्ती नदीको दोभानमा अन्दाजी ३५–४० वर्षीया महिलाको शव भेटिएको हो । उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसैगरी मुगुको सोरु गाउँपालिका ५ नेरघाट नजिक कर्णाली नदी किनारमा एक महिलाको शव फेला परेको छ । हिजो साँझ करिब ...
। काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा ७० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट मात्रै ६० जना पक्राउ परेका छन् । ललितपुरबाट ४ जना र भक्तपुरबाट ६ जना पक्राउ परेका छन् । उनीहरु सबैमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ६ जना फरार प्रतिवादीलाई पनि पक्राउ ...
। पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ कानेपोखरी नजिक नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पथरीशनिश्चरे १० त्रिवेणी चोक बस्ने ६० वर्षीय गोविन्द लिम्बू रहेका छन् । घटना गएराति करिब बाह्र बजेको हो । प्रहरीका अनुसार घटनामा गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पुर्याइएको थियो । तर ...
। सप्तरीको बोदेबरसाइन बजारबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्रयोग गरेको आरोपमा पक्राउ परेका सबै ६ जना हाजिरी जमानीमा रिहा भएका छन् । इलाका प्रहरी कार्यालय बोदेबरसाइनको टोलीले शनिबार राति करिब ११ बजे बोदेबरसाइन बजार क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका सबैलाई आइतबार कानुनी प्रक्रिया पूरा गरी हाजिरी जमानीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय कडबोनाका ...