। हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ ।
हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो मोबाइल एपबाट समेत विश्वकपको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको हो ।
फाइनल खेल हेर्नबाट कोही पनि वञ्चित हुन नपरोस् भनी हिमालय टिभी व्यवस्थापनले यो निर्णय गरेको कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए ।
यसअघि हिमालय स्पोर्टस् र डिगो एप सब्स्क्राइब नगरेकाहरूले पनि फाइनल खेल भने नि:शुल्क हेर्न पाउने गरी व्यवस्था गरिएको हो ।
‘आजबाट सबै पेवाल हटाएर नि:शुल्क हेर्न पाउने निर्णय गरेका छौं’, कँडेलले भने ।
नेपाली समय अनुसार, आज राति १२:४५ बजे फिफा विश्वकप–२०२६ को फाइनल खेल हुँदैछ ।
फाइनल खेलमा अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ ।