मुख्य समाचार
१६ वर्षपछि विश्वकपको उपाधि
१६ वर्षपछि विश्वकपको उपाधि

: फिफा विश्व कप २०२६ को उपाधि स्पेनले जितेको छ। न्यूयोर्क न्यू जर्सी स्टेडियममा भएको खेलमा‌ अतिरिक्त समयमा साविक विजेता अर्जेन्टिनालाई १-० ले पराजित गर्दै स्पेनले उपाधि जितेको हो।

खेलको पाँचौं मिनेटमा स्पेनका लागि लामिन यमालले प्रहार गरेको बल अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले रक्षा गरे।

खेलको ३९ औं मिनेटमा स्पेनका लागि मिकेल ओयारजाबालले गरेको प्रहार मार्टिनेजले बचाए। खेलको पहिलो हाफमा अर्जेन्टिना स्पेनको प्रहार रोक्नमै व्यस्त भयो। अर्जेन्टिनाले पहिलो हाफमा एउटा पनि प्रहार गर्न सकेन।

खेलको दोस्रो हाफमा पनि अर्जेन्टिना विरुद्ध स्पेन हाबी रह्यो। तर गोल भने निकाल्न सकेन खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल निकाल्न नसकेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।‌

अतिरिक्त समयको पहिलो हाफ गोल रहित बराबरीमा सकियो तर अतिरिक्त समयको दोस्रो हाफको पहिलो मिनेटमा नै स्पेनले गोल गर्यो। स्पेनका लागि खेलको १०६ मिनेटमा फेरान टोरेसले गोल गरेका हुन्। यही गोल नै निर्णायक बन्यो र स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जित्यो।

सन् २०१० मा पहिलो पटक विश्वकपको उपाधि जितेको थियो। १६ वर्षपछि विश्वकपको फाइनल खेलेको स्पेनले दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रशिक्षक डिडिएर डेसच्याम्पले फ्रान्सेली टिमको जिम्मेवारीबाट शनिबार बिदा लिएका छन् र आफूले बिताएको पछिल्लो १४ वर्षको यात्रालाई अद्वितीय रहेको बताएका छन् । उनको कार्यकाल फ्रान्सेली फुटबल इतिहासमै एक सफल समय रह्यो । उनकै नेतृत्वमा फ्रान्सले सन् २०१८ मा मस्कोमा विश्वकपको उपाधि जितेको थियो । यसक्रममा उनी खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने तेस्रो भाग्यमानी भएका ...
— विश्वकप विजेता स्पेनी प्रशिक्षक लुइस डे ला फुएन्तेले उपाधिको यात्रा गर्वले भरिएको प्रतिक्रिया दिएका छन् । फाइनलमा अर्जेन्टिनालाई हराएपछि ६५ वर्षीय फुएन्तेले भने, ‘इमान्दारितापूर्वक भन्ने हो भने यति बेला म गर्व महसुस गरिरहेको छु ।’ उनी विश्वकपको उपाधि जित्ने सबैभन्दा पाको उमेरका प्रशिक्षक पनि भएका छन् । उनले भने, ‘यो टिमलाई उपाधिसम्म दोहोर्‍याउन पाएकोमा मैले ...
। १६ वर्षअघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ । युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको बलमा स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्ने गौरव हासिल गरेको हो । न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई १-० ले ...
। हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो मोबाइल एपबाट समेत विश्वकपको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको हो । फाइनल खेल हेर्नबाट कोही पनि वञ्चित हुन नपरोस् भनी हिमालय टिभी व्यवस्थापनले यो निर्णय गरेको कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । यसअघि हिमालय स्पोर्टस् र डिगो ...
। इंग्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटरसनले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा नेपाल प्रिमियर लिग (एनपीएल) को पेजमार्फत अपलोड गरिएको एक भिडियोमा पिटरसनले नेपाललाई सुन्दर देश भन्दै एक दिन अवश्य भ्रमण गर्ने बताएका हुन् । ‘तपाईंहरूको सुन्दर देश भ्रमण गर्न एक दिन अवश्य आउनेछु। नेपालबारे धेरै राम्रो कुरा सुनेको छु’ पिटरसनले भनेका छन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम