। प्रहरीले कास्की र कञ्चनपुरबाट जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका–१४ रातोडाँडाको एक घरबाट १० जनालाई पक्राउ परेका छन् । हिजो साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट नगद ३८ हजार ४३५ रुपैयाँ र चार बुक तास समेत बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ४ सुर्खेतटोलबाट पनि हिजो बेलुकी आठ बजे तास खेलिरहेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट नगद ८ हजार १७ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।